Monday, October 19, 2020

मेरो घर


 मेरो घर 

------------

घाम र पानीमा ओतलाग्ने छहारी मात्रै हैन

मेरो पहिचान हो 

मेरो आदर्श हो

मरो रक्षक हो

मेरो भूत,बर्तमान र भविष्यत .....

सब थोक हो यो घर

किन कि

हिजो मेरो बाजे

जुजुबाजेलाई चिनायो यहि घरले 

मेरो बाबुलाई चिनायो 

आज म चिनिदै छु

भोलि मेरा लालाबालाहरू चिनिने छन् ।

माहुरी सातैदिन चारो खोज्न गए पनि 

चराहरू दिनभरी आकाससंग जुहारी खेले पनि

स्याल दिन भरि कुखुरा खोज्न सात गाउँ डुले पनि

परदेसी छोरो बर्षौ वर्ष बिदेशमा भासिए पनि...

अन्तमा आउने एउटा प्रिय विन्दु  हो घर  ।

मेरो घर प्रिय घर

कवि : प्रबेग हाङ्गस्रोङ, नेपाल बिद्यार्थी मोर्चाका बरिsठ उपाध्यक्ष हुनु हुन्छ ।     

हाल काठमाण्डौ । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...