अविन लिम्बु । झापा- २०७२ मा जारी नेपालको संविधान जारी भएको थियो आज त्यसको पुर्ण पाच बर्ष पूरा भएको छ। विभिन्न समयमा संबिधान दिवस अर्थात असोज ३ लाई विभिन्न राजनैतिक दलहरूले यहाँका आदिबासी, मधेसी, मुश्लिम लागयत उत्पीडित जाती समुदाय र बर्ग निम्ती यो संबिधान अपुरो र अधुरो रहेको हुँदा संबिधान पुनर्लेखनको माग गर्दै ७७ को असोज तिनलाई पनि कालो दिनको रूपमा एकरुपता साथ मनाउदै आएका छन।
झापामा संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले शिबसताक्षीमा बिरोध सभा आयोजना गरी कार्यक्रम सम्पन्न गर्यो भने यता जनता समाजबादी पार्टी झापाले बिरोध कार्यक्रम अर्थात पुर्ब राजपा र समाजबादीले भने कोठे भेला गरि कालो दिवस मनाएको छ। ५ बर्षमा यि दुई पार्टीले दोश्रो पटक यसरी फरक -फरक रूपमा बिरोध कार्यक्रम सम्पन्न गरेको हो भने आज भन्दा ठिक एक बर्ष पहिले पुर्ब समाजबादी सत्तामा रहेको कारण बिरोध गर्न सकेन तर यता पुर्ब राजपाले जोडतोडका साथ विभिन्न क्षेत्रमा बिरोध सभा आयोजना गरेको थियो।
नेपाली राजनीतिकमा छुट्टै पहिचान बोकेको राष्ट्रिय जनमुक्ति पार्टीले भने संबिधान पुनर्लेखन माग राख्दै प्रदेश नम्बर ५ को राजाधानी बुटवलमा कालो झन्डा र ब्यानर बिरोध प्रदर्शन गरेको प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले बताएका छन । त्यसै गरी गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा खबरदारी सभा गरेको प्रदेश इन्चार्ज मन्धरी आले जानकारी गराएका छन । बाँकी प्रदेश नम्बर १ र ३ मा संबिधान २०७२ बिषयकमा सात्क्षकार कार्यक्रम गरेको संघिय परिषद सचिब बिष्णु थाम्देनले जानकारी गराएका छन । संबिधान २०७२ संशोधन कि पुनर्लेखन किन र के का लागि भन्ने बिषयक मा असोज दी गते नै पार्टी महसचिब केशब सुर्यवंशीले भर्च्युल संबाद मार्फत पार्टीको स्पस्ट धारणा राखेका थिए। नेपाली राजनीतिकमा पार्टीको स्पस्ट धारणा दिने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको सुर्यवंशिले बताए । उक्त कार्यक्र हेर्नको लागि यो लिन्क मा क्लिक गर्नु होला । https://www.youtube.com/watch?v=pwIQjIEnmb0&t=1802s
राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान पुनर्लेखन हुनै पर्छ भनी आफ्नो राजनीतिक अडान यस बर्ष पनि कायमै राखेको छ ।
आज संबिधान दिवस अर्थात स.लो.रा.मको ब्ल्याक डे झापा स्थित शिबसताक्षीमा बिरोध सभा गरि सम्पन्न भएको थियो। उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ज्ञानु इम्बुहाङ,केन्द्रिय उप- महासचिब भानु भट्टराई, जिल्ला तहका नेताहरु अध्यक्ष धनराज पङ्धाक लगायत उपस्थित थिए भने कार्यक्रम संचालन राजा आङथुपोले गरेका थिए। उक्त कार्यक्रममा ३०० जनाको उपस्थिती रहेको प्रताप निङ्लेखुले बताए।
त्यस्तै जनता समाजवादी पार्टी नेपालले झापाको बिर्तामोड स्थित होटेल तिन्जुरेमा बिरोध कार्यक्रम सम्पन्न गरेको थियो। त्यस कार्यक्रममा पुर्ब राजपा र पुर्ब समाजबादीका केन्द्रीय नेता,जिल्ला तहका नेता र भ्रातृसंगठनका नेताहरु उपस्थित रहेका थिए।
उता प्रदेश न.०२मा भने हिजो आफ्नो अधिकारको लागि लड्ने ती मधेसी समुदायको युवाहरु आज किन एकसाएक संबिधानलाई स्वागत गर्दै छन?किन उनीहरु यसो भनी रहेक छन:-संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।' भ्रष्ट, नौटंकी र लासको राजनीति विरुद्ध आफूहरूले संविधान दिवस मनाएको साथै मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझि सके भनेर किन बिरोध गर्दैछन?प्रदेश न.०२मा जसपाको कार्यक्रम किन असफल हुदैछ?
जसपाले आफ्नो धरातल बिर्सेर यसरी कोठे बहस गरेको कतिको उचित हो ?फेरि पनि संबिधानको चाही बिरोध गर्ने अनि त्यही संबिधानलाई टेकेर फेरि चुनाब जितेर स.लो.र.मको प्रदेश न.०१ मा एक सांसद र जसपाको त प्रतिनिधि,प्रदेश अझ प्रदेश न.०२मा सरकार नै हुनु, के नैतिकताले देला त? यो सब प्रश्न आम स्रोता,पाठक बृन्दलाइ।
No comments:
Post a Comment