Monday, September 21, 2020

संबिधान संशोधन होईन पुनर्लेखन नै हुनु पर्छ : जनमुक्ति पार्टी


बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश-५ लुम्बिनी थरुहट मगरांत समितिको आयोजना असोज ३ संविधान पुनर्लेखन गर्ने दिन भन्ने मागका साथ बुटवलमा कालो झण्डा र ब्यानर प्लेकार्डमा सुसज्जित जनमुक्तिका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सरकार तथा ठूला राजनीतिक दलहरुले नेपालको संविधान २०७२ सर्वस्वीकार्य बन्दै गइरहेको दाबी गरिरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले भने संविधान पुनर्लेखनको माग गर्दै संविधानको विरोधमा खबरदारी गरेको हो ।

सरकारले औपचारीक कार्यक्रम गरी संविधान दिवस मनाइरहदा राष्ट्रिय जनमुक्ति पार्टीले संविधान दिवसकै दिन आज बुटवलमा संविधान पुनर्लेखनको माग गर्दै संविधानको विरोधमा खबरदारी गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ को आयोजना र पार्टीको रुपन्देही जिल्ला कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका उपाध्यक्ष तथा प्रवास बिभाग प्रमुख कमला थापाले नेपालको संविधान–२०७२ ले आम नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको भन्दै नेपालका आदीवासी जनजाती तथा उत्पिडित समुदायका अधिकार सुनिश्चित हुनेगरी संविधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष गुरुङ्ग, पार्टी निकट पूर्व सैनिक संगठनका अध्यक्ष भीमबहादुर राना, पार्टीका प्रदेश सहसचिव चीत्रप्रसाद गुरुङ्ग, रुपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा लगायतले सम्बोधन गर्दै वर्तमान संविधान पुनर्लेखनको विकल्प नभएको बताएका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गले कोभिड–१९ को कहरले गर्दा शान्तिपूर्ण विरोधसभा गरेको बताए । पार्टी को तर्फ देखी बुझाएको ३९ बुदे ज्ञापन पत्र मा संबिधान संग जोडीएको १४ वटा बुदा पार्टीले पुनर्लेखन तत्काल गर्नु पर्ने जानकारी गराएका छन । जब सम्म संबिधानमा उत्पीडित जाती समुदायको भावना लाई संबोधन हुँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहने अध्यक्ष गुरुङ्गले बताए ।



 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...