Saturday, August 29, 2020

थारु पत्रकार संघ द्वारा कपिलबस्तु र रुपन्देही जिल्ला शाखालाई प्रेस ज्याकेट वितरण


कपिलबस्तु । थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले कपिलबस्तु र रुपन्देही जिल्ला शाखाहरुलाई प्रेस ज्याकेट वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण जोखिमका बिच बिभिन्न अवस्थाको रिपोर्टिङ्ग गर्न सहजताका लागि थारु पत्रकार संघ नेपालले  कपिलबस्तु र रुपन्देही जिल्ला शाखालाई प्रेस ज्याकेट वितरण गरेको हो । पछिल्लो समय कपिलबस्तु र रुपन्देही जिल्लामा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएको अवस्थमा पत्रकारहरुलाई रिपोटिङ्ग गर्न केही सहज हुने उद्देश्यले प्रेस ज्याकेट जिल्ला शाखाहरुलाई वितरण गरेको थारु पत्रकार संघका केन्द्रीय सचिव कमल चौधरीले बताउँनुभयो । उहाँले लकडाउनका कारण पत्रकारहरुले विभिन्न किसिमका समस्या झेल्नु परेकाको भन्दै पे्रस ज्याकेटले केही हदसम्मा फिल्डमा काम गर्ने पत्रकारहरुलाई सहज हुने प्रतिक्रिया दिनुभयो । 

त्यस्तै जिल्ला शाखा कपिलबस्तुका अध्यक्ष श्याम सि.टीले कपिलबस्तुमा क्रियाशिल थारु पत्रकारहरुलाई छिट्टै नै प्रेस ज्याकेट उपलब्ध गर्ने बताउँनुभयो । उहाँले कोरोना (कोविड–१९) भाइरसको कारण आफुहरुलाई फिल्डमा समाचार संकलन गर्न निकै समस्या भएको अवस्थामा यस प्रेस ज्याकेटले ठुलो सहयोग मिल्ने बताउँनुभयो ।


रुपन्देही जिल्ला शाखा अध्यक्ष राज चौधरीले थारु पत्रकार संघ केन्द्रीय कार्य समितिलाई धन्यावद दिदै रुपन्देही जिल्लामा क्रियाशिल थारु पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गर्ने बताउँनुभयोे । उहाँले विशेषगरी फिल्डमा क्रियाशिल थारु पत्रकारहरुलाई ज्याकेट अवश्यकता रहेको बताउँनुभयो । त्यस्तै रुपन्देही जिल्ला शाखाका उपाध्यक्ष अनिता चौधरीले पत्रकारहरुलाई प्रेस ज्याकेट अनिवार्य रहेको बताउँदै प्रेस ज्याकेट पत्रकारहरुको पहिचान गर्न सजिलो हुने बताउँदै फ्रन्ट लाईनमा काम गर्ने थारु गैह्र थारु पत्रकारहरुलाई उत्तिकै आवश्यकता रहेको बताउँनुभयो । 

प्रेस ज्याकेट थारु पत्रकार संघ कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष  श्याम सि.टी र रुपन्देही जिल्ला शाखाका अध्यक्ष राज चौधरीलाई एक कार्यक्रमका बीच कपिलबस्तुको ४ नंम्बरमा बुधबार केन्द्रीय सचिव कमल चौधरीले १४ थान ज्याकेट हस्तान्त्ररण गर्नुभएको हो ।  प्रेस ज्याकेट केन्द्रीय अध्यक्ष सन्तोष दहितको पहलमा समाजिक अभियन्ता तथा ग्रामिण महिला उत्थान केन्द्रीय अध्यक्ष आशमानी चौधरी सहयोग गर्नुभएको थियो । 


No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...