Sunday, September 27, 2020

दलित बालिका हत्या प्रकरण : नेपाल बिद्यार्थी मोर्चाको प्रेस बिज्ञप्ति


काठमाण्डौ   मष्टा गाउँपालिका-२ खिकाला गाउँकी १२ वर्षीय सम्झना कामी बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी गएका बेला बलात्कारपछि हत्या गरि मन्दिरमा फालिएको घटना प्रति नेपाल विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल विद्यार्थी मोर्चाका महासचिव प्रदीप नेयोङ्द्वारा प्रेस बिज्ञप्ति जारी गरी बालिका सम्झना कामीलाई बलत्कार गरि हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरि सत्यतथ्य छानविन गरि कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिन जोडदार माग प्रेस बिज्ञप्ति उल्लेख गरेका छन । 


हेरौ प्रेस बिज्ञप्ति

  विज्ञप्ति

सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. २ वस्ने विजुली कामीको छोरी सम्झना कामीलाई बलत्कार पछि हत्या गरि मन्दिरमा फालिएको घटना प्रति नेपाल विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

वर्तमान सरकारले अपराधीहरुलाई कानुनी सुरक्षा legal protection गर्ने गरेको कारण देशभर हत्या, हिंसा, बलत्कार जस्तो जघन्य अपराधीक गतिविधिहरु दिनानुदिन बढ्दै गएको छ । ब्रम्हणवादबाट पिल्साईएका कथितरुपमा दलित भनिएका समुदाय माथि सरकारको मनोविज्ञान कहिल्यै परिवर्तन भएन बरु यसप्रकारको घटना घटाउन समाज भड्काउने तर्फ अग्रसर भएको देखिएको कारण यसबारे सरकारलाई ध्यानाकर्षण गराउदछांै ।

अतः बालिका सम्झना कामीलाई बलत्कार गरि हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरि सत्यतथ्य छानविन गरि कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिन जोडदार माग गर्दछौं । साथै पिडित परिवारलाई उचित न्याय तथा क्षतिपुर्तिको ब्यवस्था गर्न समेत माग गर्दछौं ।

...........................

प्रदिप नयोङ

२०७७ ०६ १० महासचिव 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...