Thursday, August 13, 2020

बुटवलमा आज रातिदेखि भदौं ५ सम्म लकडाउन

बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रभित्र आज बिहिबार रातिदेखि कडाईका साथ लकडाउन हुने भएको छ ।

समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा
तस्बिर:-जितेन्द्र थारू/संघीय एक्सप्रेस
 
साउन २९ गते बिहिवार राति १२ बजेदेखि भदौं ५ गतेसम्म कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनका समय खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् भने दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने बुटवल उपमहानगरपालिकाले जनाएको छ । 

त्यस्तै उपमहानगरपालिका र वडा कार्यालयमा समेत अत्यावश्यक बाहेकका काम नहुने र वित्तिय संस्थाहरुले समय तालिका स्वीकृत गरी खोल्नुपर्नेछ ।

सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएकोले तरकारी बोक्ने गाडीहरु परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न र साथै होटल तथा रेष्टुरेन्टहरु बन्द गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...