Sunday, August 16, 2020

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक तोडफोड प्रती लिवि मञ्चको गम्भीर ध्यानाकर्षण

 राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक तोडफोड प्रती लिवि मञ्चको गम्भीर ध्यानाकर्षण



विज्ञप्ति

लिम्बुवानको ताप्लेजोङ जिल्ला फक्ताङलुङ गा.पा. वडा नं. २ मा पर्ने नाहाङमा यक अवस्थित रहेको याक्थुङ किरातीहरुको माङहिममा मिति २०७७ साउन ४ गते मध्य राती अज्ञात समुहहरु आतंककारी सैलिमा भित्र घुसेर माङहिम तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक तोडफोड तथा आगजनी गरेको घटना प्रति लिवि मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । 

धार्मिक रुपमा राज्य निरपेक्ष रहेको र आम नागरिकहरु स्वतन्त्र रहेकाले धर्म प्रति हरेक मानिसको आ–आफ्नै आस्था रहने भएकोले कसैले कसैको धार्मीक आस्थाको केन्द्रलाई आक्रमण गरि विधंस पार्ने तथा राष्ट्रिय विभूति माथि नै भयानक अपमान गरिदिने जस्तो गतिविधिले धार्मिक तथा सामाजिक सहिष्णुता माथि कठोर संकट पैदा हुने भएकोले यस्तो अपराधिक क्रियाकलप जुनसुकै हुलहुज्जतले गरेको भएता पनि तत्काल पक्राउ गरि कानुनी कठघरामा उभ्याउन सम्बन्धित क्षेत्रको स्थानीय प्रशासन समक्ष अनुरोध गर्दछौं ।


 ..............................                                                    ..........................

     महासचिव                                                                  अध्यक्ष

  गुल्सन आङबुहाङ                                                         दिपा लक्सम

नोगेन सेवारो, जय लिम्बुवान ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...