तिलोत्तमा । नेपाल आदिबासी जनजाती महासंघ, नगर समन्वय समिति तिलोत्तमाले २६ औ विश्व आदिबासी दिवसको उपलक्ष्यमा २०७८ जनगणना प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नगर अध्यक्ष आशा गुरुङ्गको अध्यक्षतामा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वेरी चौधरीको उपस्थिती रहेको थियो । नगर उपाध्यक्ष दुर्गा श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको पहिलो चरणमा २०७८ जनगणना बिषयकमा प्रमुख प्रशिक्षक समाज शास्त्री गंगा पुनले आदिबासीको सवाल र जनगणा अन्तरगत प्रशिक्षाण दिएका थिए ।
नगर अध्यक्ष गुरुङ्गले २६ औ विश्व आदिबासी दिवसको उपलक्ष्यमा २०७८ जनगणना प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम बिषयक बारे प्रकाश पार्दै अनतरकृया कार्यक्रमको लागि फ्लोर ओपन गरेका थिए । फ्लोरमा बिभिन्न एकल जातिसमुदाय, समाजका बुद्धिजिबी लगायत उपस्थितिहरुबाट सो बिषय केन्द्रित स्थानिय सरकार उपप्रमुखलाई प्रश्न, सुझाब तेर्साएका थिए । फ्लोरमा उठेका प्रश्न सुझाबलाई प्रशिक्षक, बिशिस्ट अतिथी र प्रमुख अतिथिले प्रस्ट्याएका थिए ।
प्रशिक्षात्मक अन्तरकृया कार्यक्रममा महासंघका रुपन्देही जिल्ला अध्यक्ष शंकर गाहाले आदिबासीहरुले आगामी २०७८ मा हुने जनगणना बिषयक माथि बोल्दै यस जनगणनाले देशको राजनीतिक तथा विकास प्रणालीलाई समेत दिशानिर्देश गर्ने भएकाले सबैले सही विवरण दिन उपस्थिती नेत्रुत्व पंक्तिहरुलाई आग्रह गर्नुभएको थियो । गणकहरुले गर्ने ईरर बाट सचेत हुन पनि नागरिकहरु चनाखो हुनु पर्ने बताए । ‘जनगणनामा गलत तथ्याङ्क आउनु भनेको फेरी दश बर्ष पछी पर्नु हो । गलत तथ्याङ्गक ले राज्यबाट हुने आर्थिक बिनियोजनमा पनि तलमाथि हुने र नीति निर्माण र बिकासको लागि आदिबासी पछी पर्ने शंकर गाहाले भन्नुभयो, तसर्थ धर्म र नाम को पछाडि थर झुण्ड्याउदा बिशेष ध्यान दिनुपर्ने औल्याए । कतिपय थर खस आर्यसंग मेलखाने भएको हुँदा मगरले थरको पछी मगर अनिबार्य लगाउने बताउनुभयो ।
त्यसैगरि उपप्रमुख जगेश्वेरी चौधरीले जनगणनाको समयमा हामी आदिबासिहरु आफ्नो घरपरिवारको सबै सही विवरण दिन र गणकलाई सहि सुचना दिनको निम्ती पनि सचेत र सजग रहन बताउनु भयो । स्थानिय सरकारले आदिबासिको निम्ती बजेट जातियताको आधारमा नभएर आवश्यकता को आधार मा दिने बताउनु भयो । अधिकांश बजेट बिकास निर्माण, शिक्षा र स्वरोजगारमा लगाएको बताएका छन । युवाहरुलाई रोजगार ब्यबस्था गर्न कृषि लाई पनि जोड दिएको बताए । जातियता को आधार मा होइन आवश्यकताको आधार मा योजना ल्याउनुस् तिलोत्तमा नगर को ढोका खुल्ला छ । उपमेयर चौधरी आफुले सक्दो सहयोग गरेको बताए ।
मंगलापुर स्थित मंगोलियन हर्ट क्याफेको सभाहल मा भएको सो कार्यक्रम नगर सचिब प्रेम कनौजेले संचलान गरेका थिए भने अध्यक्ष आशा गुरुङ्गले कार्यक्रम मा उपस्थिती सम्प्रुणलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
No comments:
Post a Comment