बर्दघाट । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश-लुथम र पार्टी जिल्ला कार्यसमिती नवलपरासीको सयुक्त आयोजनामा बर्दघाट नगरसमितिका नेता कार्यकर्ताहरुसँग विशेष भेट घाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी जिल्ला अध्यक्ष धन बहादुर गुरुङ्गको अध्यक्षता भएको सो भेटघाट तथा अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी संघिय परिषद सदस्य लुम बहादुर खाम्चाको उपस्थिती रहेको थियो भने अतिथिमा संघिय परिषद सदस्य सुमित्रा थापा, प्रदेश उपाध्यक्ष हरी ओम विश्वकर्मा, राम बहादुर गुरुङ्ग, प्रदेश सचिब बाल किसोर राना, संघिय महासभा सदस्य निर बहादुर राना,प्रदेश बाट चित्र प्रशाद गुरुङ्ग, तारा राना, कलावती पुन, जस बहादुर पुन, रन बहादुर राना, पूर्ण बहादुर विश्वकर्मा, खेम बहादुर पुन लगायतका स्थानिय पार्टी जनसंगठन तथा सकृय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
विश्व महामारी कोभिड्-१९ कोरोना भाईरसले विश्वलाई नै आक्रान्त भैइरहेको पारीबेश वाबजुद पनि पार्टीले लामो समय पछी सो भेटघाट तथा अन्तरकृया कार्यक्रम आयोजना गरेको हो । लामो समयको कोभिड्-१९ लकडाउन पछी पुन: 'बहुजातिय समाजबाद' को सिद्धान्तलाई आत्मसात गरी राष्ट्रिय जनमुक्ति पार्टीको संगठन निर्माणको स्प्रिटलाई निरन्तरता दिदै पार्टीको बहुआयमिक पक्ष भित्रका महत्वपूर्ण पार्टीका जनसंगठन समितिहरुलाई शक्तिशाली बनाउनु पर्दछ भन्ने बुझाई पार्टी नेत्रुत्व पंक्तिले बुझिरहेको अवस्थामा अब कार्यन्वय गर्ने पक्षलाई जोड्न भेटघाट तथा अन्तर्कृया कार्यक्रम अपरिहार्य रहेको हुँदा प्रतिकुल प्रस्तिथीमा पनि भौतिक दुरी कायम गर्दै सो कार्यक्रम आयोजना गरेको अध्यक्ष धन बहादुर गुरुङ्गले बताए ।
कार्यक्रम बोल्दै प्रदेशका बरिस्ठ उपाध्यक्ष हरी ओम विश्वकर्माले पार्टी जीवनको उतारचढाबमा धेरै संघर्स र कस्ट छिचोल्दै अघी बढीरहेको छ । राजनीतिक रुपमा हामीले सोचेअनुरुप हाम्रो उपस्थिती नदेखिएता पनि हामीले उठाएका मुद्धाहरु स्थापित हुँदै छन । तसर्थ हामीले नजिते पनि हारेका छैनौ । हाम्रो आत्म बल अझै घटेको छैन ! अझै डटने छौ हामी जोश जागर र उत्साह उत्तिकै छन ।
संघिय महासभाको तर्फ देखी निर बहादुर रानाले पहिचान र अस्तित्वको लडाईंमा यहाँ सम्म ल्याइपुर्याउने हाम्रा पुर्वज हरुको योगदान र समर्पणलाई हामीले स्मरण गर्नै पर्छ । उहा हरुको योगदानले नै पार्टी आज सम्म जिबन्त छ । तर, समय परिवर्तन छ । परिवर्तन समय संगै पार्टी नेत्रुत्व पंक्ति चल्न सकेन भने पार्टीमा नेत्रुत्वको ठुलो खडेरि आउन सक्ने प्रबल संभावना बढ्दै गएको देखिन्छ । यि बिषय उठान गरिरहदा हामी कम्जोर छौ भनी कार्यकर्ताको मनोबल निरुस्त्साही गर्ने चेस्टा गरिएको चाँही होइन । तर यि बिषयमा पार्टी पंक्तीलाई सचेत, सजग र कार्यनयन को लागि धकेल्ने काम चाँही पक्कै गर्नु पर्छ रानाले सुझाब दिएका थिए ।
कार्यक्रम का प्रमुख अतिथी तथा संघिय परिषद सदस्य लुम बहादुर खाम्चाले पछील्लो चरणमा हामीले धेरै प्रगतिका कार्यहरु गरिदै आएका छौ । देश बिदेशमा पनि पार्टीको चर्चा चलिरहेको छ । बौद्धिक सर्कलमा पनि 'जनमुक्ति-बिचराधारा' बारे बहस हुन थालेका छन । धेरै उपलब्धी पनि भएका छन । सरकारले हेर्ने नजरिया पनि सकारत्मक भएका छन । तर हामी मा अझै चुनौतिहरु पनि थपिएका छन । मुक्तिको निर्णायक् लडाईंको निम्ती अझै कठोर संघर्स र आन्दोलन गर्नु बाँकी नै छ । चुनौती र समस्या चङ्गाकाचाङ्ग छन तर समाधान खोजिएको छैन । यदी पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्नेनै होभने नेत्रुत्व पंक्तिले त्यही ढंग बाट सोच्नु पर्छ, बुझ्नु पर्छ, चल्नु पर्छ । योजना पनि त्यसरी नै बन्नु पर्छ । मुख्यको कुरा नेत्रुत्व पनि त्यसरी नै निर्माण गर्नु पर्छ । आज पार्टी परीधी भित्र नेत्रुत्व निर्माण बारे ठुलो समस्याको रुपमा बिकसित् हुँदै गएको देखिन्छ । हामीले पार्टीलाई बलशाली बनाउन धेरै कसरत गरी रहेका छौ । तिनदशक को यात्राामा हामीले गरेका थुरै आन्दोलन हरु सन्तोषजनक छन तर निर्णायक भूमिका रहन सकेन । तसर्थ आन्दोलनका धेरै पाटाहरु मध्य अबको आन्दोलन भनेको सडक बाट नै हो । कोभिड्-१९ को प्रभाब बिस्तारै शाहअज बन्दै छ्न। हामी ले उच्च मनोबल लिएर काम गर्नु पर्छ । अहिले भएका बिभिन्न घटना बारे हामीले बोल्नै पर्छ । भ्रस्टाचार जस्तो मुद्धालाई फेरी सडक बाट नै उठाउन जरुरी छ खाम्चाले कार्यकर्तालाई तयारी भएर बस्न आग्रह गरे ।
त्रिबेणी चोक स्थित बिश्वशान्ति बुद्धबिहारको सभाहल मा भएको कार्यक्रममा पार्टीका सबै तहका नेता कार्यकर्ताहरुको बिशेष उपस्थिती रहेको थियो । उक्त भेट्घाट कार्यक्रमले पार्टीका नेता कार्यकर्ताहरुलाई थप उर्जा र हौसला मिलेको उपस्थितिले बाटएका छन ।
No comments:
Post a Comment