Sunday, August 2, 2020

रक्षाबन्धनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले दियो सार्वजनिक विदा


भैरहवा-१८ साउन ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले भोलि सोमबार सार्वजनिक विदा गरेको छ । मुस्लिम समुदायको महान पर्व ईद-उल-अजहा (बकरईद) को तेस्रो दिन तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा उक्त एक दिन गाउँपालिकाभर सार्वजनिक विदा रहने जनाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबार गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका सम्पुर्ण कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरुलाई सार्वजनिक विदाको घोषणा गरेको हो ।

यस अघि पनि गाउँपालिकाले माघी पर्व, मगर दिवस र तमु ल्होसार लगायत पर्वहरुमा सार्वजनिक विदा गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...