काठमाण्डौ । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याईसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो "भुम्या पर्व" पर्व मनाउने प्रचलन छ । भूमे पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने चलन छ । मगर समुदायको मौलिक सांस्कृतिक पर्व भुम्या पर्ब/ कोरोना महामारीको कारणले यो बर्ष कुनै पनि भुगोल वा तहमा अौपचारिक कार्यक्रम सम्पन्न नहुने जानकारी मगर संघले विज्ञप्ति मार्फत जानकारी सबै तहमा गराएको छ ।
हेर्नुहोस् पुरा बिज्ञप्ती
मिति : २०७७ जेष्ठ ३२ गते
प्रेस बिज्ञप्ति !
मगर जातिको मौलिक ऐतिहासिक सांस्कृतिक सभ्यतासंग जोडिएको प्रचलित संस्कृति र पर्व मध्ये निकै लोकप्रिय "भुम्या पर्व/चाड-२०७७" को सुखद अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका मगर लगायत सम्पूर्ण नेपाली दिदी-बहिनी र दाजुभाईहरुमा सुख, शान्ति, प्रगति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
कोरोना महामारीको कारणले विकसित जतिल परिस्थितिले गर्दा यस बर्ष केन्द्रीय तह देखि प्रवास र स्थानीय तह सम्ममा "भुम्या पर्व/चाड" को उपलक्ष्यमा आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित हुने जानकारी गराउदै सुरक्षित ढंगले मौलिक विधि बमोजिम आ-आफ्नो घर-घरमै पुजा गरेर भौतिक दूरी कायम गरि सम्पन्न गर्न गराउन स्वदेश तथा विदेशमा रहेका नेपाल मगर संघ तथा संवन्धित संघ-संस्थाहरु सहित सबैलाई यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक अपिल गरिन्छ।
कोरोना महामारी देखि सुरक्षित रहदै आ-आफ्नो घर-घर मै सामाजिक/भौतिक दूरी कायम गरेर मनायौ भने पक्कै पनि अर्को बर्ष भुम्य पर्व भव्य रुपमा मनाउने छौं । जेधो/झोर्ले/सेमीङेपाऊ/नमस्कार। धन्यवाद ।।
नबीन रोकामगर
अध्यक्ष
ज्ञानेन्द्र पुनमगर
महासचिव
No comments:
Post a Comment