Monday, June 15, 2020

जनमुक्ति मंच साइप्रसको दोश्रो बैठक सम्पन्न

साइप्रस । "भ्रष्टाचार बिरूद्ध राष्ट्रिय अभियान" सफल पारौ भन्ने प्लेकार्ड लिएर राष्ट्रिय जनमुक्ति पार्टी, प्रवास शाखा जनमुक्ति मंच साइप्रसले दोश्रो बैठक सम्पन्न गरेको छ । मंचका अध्यक्ष तारा राई ज्युको अध्यक्षतामा भएको उक्त बैठकले मुलुकको समसमायिक सामाजिक, राजनीतिक र आर्थिक बिषयक माथि गम्भिर छलफल गरेको छ ।  र दु:खद कुरा हो । यस्ता जातिय बिभेदको घटना निर्मुल पार्नको निम्ती अब सचेत नागरीकहरुले जनमुक्ति बिचार-धारा बुझ्न् जरुरी छ । जनमुक्तिले उठाएको मुद्धा देश र जनताको हितमा छ भन्ने कुरा आज प्रस्ट हुँदै आएको छ ।
बैठकमा हालै घटेको पश्चिम रुकुम चौरजहारी घटना बिषय माथि पनि छलफल गरेको थियो । २१औ शताब्दीमा पनि यस्ता घटना घट्नु अत्यन्तै निन्दनिय
बैठकले नेपालमा जटिल र विकराल समस्याको रूपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने "राष्ट्रिय ईच्छा शक्ति" नभई समृद्ध नेपालको निर्माण हुँदैन भन्ने पार्टी को जिकिर छ । तसर्थ भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरि भ्रष्टाचारीलाई कठोर दण्ड - सजाय ( कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था गर्न र पंचायति शासनकाल देखि हालसम्म भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरूको सम्पतिबारे स्वतन्त्र ढंगले छानबिनका लागि "शक्तिशाली नागरिक छानबीन अायोग"गठन प्रबास बाट सम्पूर्ण नेपालीहरुले हातोमालो गर्न जरुरी रहेको मंचका महासचिब खम माया पुन (निशान) ले जानकारी गराए ।
सो बैठकले मंचका सचिब अम्बिका राईको पहलमा मानबिय सहयोगको पुण्य कार्य प्रती नगद सहयोग हस्तान्तरण गरेको छ । जनमुक्ति मंचले हरेक नेपालीको सुख दु:खमा हातेमालो गर्दै आएको छ । मंचले प्रदान गरेको सहयोग प्रती सचिब अम्बिका राइले धन्यवाद प्रकट गरेकी छिन् । साथै साईप्रस रही बिभिन्न क्षेत्रमा कार्यरत नेपाली बन्धुहरुले जनमुक्ति बिचार धारालाई आत्मसात गरी राष्ट्रिय जनमुक्ति पार्टीको निलो झन्डामा गोलबन्द भएका छन । नयाँ सदस्यहरुलाई अध्यक्ष तारा राइले भब्य स्वागत गर्नु भएको थियो । साईप्रस स्थित लिमासोल पार्कमा बसेको दोश्रो बैठक निकै उत्साह र मंचलाई एउटा उचाईमा पुर्याउने महत्वपूर्ण छलफल भएको महासचिब खममाया पुन (निशान्)ले जनमुक्ति खबरलाई जानकारी दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...