रुपन्देही । रुकुम पश्चिम चौरजहारीमा भएको निर्मम हत्याकाण्ड र रुपन्देहीकाे देबदहमा भएका पासबिक हत्या बिरुद्ध तिलोत्तमाको मणिग्राम चोकमा बिरोध प्रदर्शन गरेको छ । नेपाल दलित संघको आयोजना भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध भातृ संगठनहरू जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा, आदिबासी जनजाती महासंघ, तिलोत्तमा लगायत अन्य संघ संस्थाद्वारा सयुक्तरुपमा बिराेध कार्यक्रममा एक्यबद्धता जनाएको छ ।
दलित अधिकारकर्मी सुन्दर गहतराज, दलित संघ रुपन्देहीका राजु रोका, जनमुक्ति युवा महासंघ, प्रदेश ५ संयोजक डिबी थापा, नेपाल मगर संघ , रुपन्देही अध्यक्ष गीता सारु, दलित संघ केन्द्रिय सदस्य अर्जुन रसाइली, बुद्धिराम हरिजन लगायतका बक्ताहरुले संबोधन गरेका थिए । अन्तरजातीय प्रेम विवाहको निहुँमा नवराज विक सहितको टोलीलाई सुनियोजित तथा सामुहिक क्रूरु नरसंहरयुक्त घटना घटेपछि सडकदेखि सदनसम्म चर्को रुपमा विरोध उठे रहदा पनि पीडितले न्याय नपाएको मा सरकारको चर्को बिरोध गरेका थिए ।
जनयुद्धको आधार इलाकामा भएको रुकुममा जातीयताकै कारण ६ जना कलिला युवाहरुलाई सामूहिक नरसंहार गरियो । यस्तो दु:खद तथा अमानवीय घटनाले पुर्व माओबादी हाल दुईतिहाईको नेकपाको सरकारको पनि धज्जी उडाएको छ । यस हत्या प्रकरणलाई चारैतिरबाट सामसुम पार्ने खोजेको भन्दै राजनीतिक पार्टीको तर्फबाट सुरुमा राष्ट्रिय जनमुक्ति पार्टीले जातिय हत्या हिंसा र बिभेद बिरुद्ध बुटवल बिरोध र्याली गर्दै मिडियाचोक बिरोध सभा गरेका थिए ।
सो पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा, राष्ट्रिय महिला मोर्चा र राष्ट्रिय पुर्व सैनिक संगठनको सयुक्त आयोजनामा जातिय हत्या, हिंसा र बिभेद बिरुद्ध बिराेध प्रदर्शन गर्नुका साथै खबरदारी कार्यक्रम सम्पन्न गरी घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकार संग माग राखेका थिए ।
सो पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा, राष्ट्रिय महिला मोर्चा र राष्ट्रिय पुर्व सैनिक संगठनको सयुक्त आयोजनामा जातिय हत्या, हिंसा र बिभेद बिरुद्ध बिराेध प्रदर्शन गर्नुका साथै खबरदारी कार्यक्रम सम्पन्न गरी घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकार संग माग राखेका थिए ।
बिरोध सभा सम्पन्न पछी मणिग्राम चोक देखी नारा लगाउदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेब घिमिरेलाई उक्त घटनाका सात बुदे माग सहीत मेयरलाई ज्ञापन पत्र बुझाएको छ । सो ज्ञापन पत्र बुझ्दै मेयर बासुदेबले उक्त घटनाले अन्त्यन्तै दुखी तुल्याएको र घटनाको सत्य तथ्य छानबिन गर्न सरकार लागि परेको बताए । आफ्नै नगर भित्र वडा नम्बर १० मनैहयामा भएका पाच जनाको कारुणिक हत्या भएको र सो घटनामा शुरु देखी नगर प्रमुख हैसियतले लागि परेको र पीडितलाई न्याय तथा क्ष्तीपुर्ती दिलाएको बाटएका थिए ।
No comments:
Post a Comment