Sunday, June 14, 2020
सवारी दुर्घटनामा परि प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु
उमेश बि.क
नवलपरासी-३२ जेठ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परि अध्यक्ष शर्माको मृत्यु भएको छ ।
गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको र उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले बताए ।
शर्मासंगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर पनि घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुल देखि तल खोलामा खसेको हो ।
अध्यक्ष शर्मा जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै गरेका थिए । शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment