उमेश बि.क
नवलपरासी-२४ जेठ ।
पश्चिम नवलपरासीको सुस्तामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुस्ता गाँउपालिका वडा नम्बर ५ का दुई पुरुषमा पिसिआर परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । उनीहरु दुवैको उमेर २५ वर्ष रहेको छ ।
जेठ १३ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएकोमा आज मात्रै रिपोर्ट आएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । यसरी रिपोर्ट ढिलो आउँदा संक्रमण अन्य व्यक्तिमा पनि सर्ने जोखिम बढेको छ ।
उनीहरु भारतको राजस्थानबाट गत बैशाख ३० गते नेपाल आइपुगेका थिए । उनीहरुलाई नेपाल प्रवेश गर्ने वित्तिकै क्वारेन्टाईनमा पठाईएको थियो । संक्रमितलाई कहाँ पठाउने भन्ने बारे टुङ्गो लागिनसकेको सुस्ता गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेल बताउनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
सुस्तामा मात्रै चार जना संक्रमित फेला परेका छन् । उनीहरु मध्ये दुई जना निको भएर घर फर्किसकेका छन् । यसअघिका संक्रमित पनि वडा नम्बर पाँचकै थिए । हालसम्म जिल्लामा सबैभन्दा बढि पाल्हीनन्दन गाँउपालिकामा ९ जना संक्रमित फेला परेका छन् ।
No comments:
Post a Comment