Thursday, June 4, 2020

स्व. तिर्थ बहादुर श्रीस मगरज्युको पुण्य तिथिको अवसरमा केही शब्द सुमन अर्पण गर्दछु !

टि. बि. पुन । बुद्ध वचन "धम्मपद लोकवर्ग"मा भनिएको छ- "सधम्ममा लागेका धार्मिक पुरुषहरू इहलोक परलोक दुबैमा सुखपुर्वक जिवन बिताउछन् ।"
त्यसैगरी "जो बुद्ध, धर्म तथा संघको सरण लिन जान्छ, जसले दु:ख, दुखको उत्पति, दु:ख निरोध, दु:खको निरोध हुने आर्याअस्टाङिगक मार्गलाई प्रज्ञाको दृस्ठिले हेरेको छ, उस्ताको सरण नै रक्षादायक उत्तम सरण हो, यहि सरण लिएर नै सबै तरहको दु:खबाट मुक्ति हुन्छ ।"
माथि उध्दृत बुद्ध वचनको अर्थ हो- त्रिरत्न (बुद्ध, धर्म र संघ) को सरणमा गइ शुद्ध आचरण गर्ने जो कोहि मानिस दु:खबाट मुक्त हुन सक्दछ । यहि बुद्ध वचनलाई आत्मसात गरेर वहुजन हिताय वहुजन सुखाय तथा लोककल्याणका लागि स्व. तिर्थ श्रीस मगरज्यु बुद्ध धर्मको मार्गमा लाग्नु भएको देखिन्छ ।

बृटिस आर्मीबाट रिटायर्ड भएर पनि पैसाको मोहमा अरु भुपु लाहुरे झै उहाँ भत्ता खान युके नगएर आफ्नै भुमि नेपालमा रहेर निरन्तर समाजिक सेवा हितको मार्गमा लाग्नुभयो । स्वाध्यानबाटै आफ्नो बौद्धिकताको बिकास गर्नुभयो । म पनि बुद्ध धर्मको एक अनुयायी त्यसमा पनि उहाँ त झन बौद्ध वापा गुरु भएको कारण उहाँ र मेरो बिच हार्दिक निकट सम्बन्ध थियो ।
भैरहवा अञ्चलपुर उहाँको निवास स्थानमा हाम्रो भेटघाटमा हुँदा जहिले पनि प्रायः समसामयिक विषयहरु देखि बुद्ध शिक्षा र धर्मको सम्बन्धमा हाम्रो चर्चा हुने गर्दथ्यो । यसै क्रममा लेखक प्रकाश बज्राचार्यको पुस्तक "बौद्ध दर्पण" २०६२ सालमा उहाँले मलाई पुस्तक उपहार पनि दिनु भएको थियो । उहाँ सधैं जसो भन्नुहुन्थ्यो-तपाईंहरु जस्ता नवयुवाहरू अब जाग्नुपर्दछ । देश र समाजका लागि अहिल्यै केही गर्नुपर्छ । हातमा कलम समातेर इतिहास पुनर्लेखन गर्नु पर्दछ । मैले कतिपय पुस्तकहरु उहाँकै प्रेरणा लिएर सृजना गरेको छु भने मेरो कुनै नयाँ पुस्तक प्रकाशित हुनासाथ म उहाँलाई उपहार दिन जान्थे । मेरो घरको कतिपय संस्कारहरु उहाँद्वारा सुसम्पन्न गरिएका छन् ।

उहाँ बौद्ध चिन्तक वापा गुरु भएदेखि अहिलेसम्म कतिजना घरपरिवारहरुको कुन मिति, स्थानमा संस्कार कर्महरु के कसरी सुसम्पन्न गरिए ? उनीहरुबाट केकस्ता दानपुण्यहरु गरिए ? सबैको दुरुस्त कार्यबिबरण प्रतिवेदन राखेर मलाई पनि दिनु भएको थियो । उहाँले आफ्नै किसिमको मौलिक बंशावली (बंश बृक्ष) मानवशास्त्रीय ढाचा सृजना गर्नु भएको थियो । उहाँको साथ घरमा अतिनै महत्त्वपूर्ण ऐतिहासिक पुस्तक पत्रपत्रिका तथा दस्तावेजहरु संकलित छन् । अब त्यसको अध्ययन सुरक्षा हिफाजत उहाँको उत्तराधिकारीले गर्नु जरुरत छ । दु:खका साथ भन्नुपर्छ कि- उहाँले लिएको बुद्ध धर्मको सत्यमार्गमा स्वयं उहाँकै श्रीस वन्धुहरु हिड्न सकिरहेका छैनन् ! अनैकौ मिथ्या धर्म संस्कारको पछि लागेर बुद्धको सत्य धर्मलाई अझै पनि बुझ्न सकिरहेका छैनन् !

८५ बर्षको बृद्ध उमेरसम्म पनि समाज धर्म बिकास उन्नयनका लागि उहाँले जुन निरन्तर भुमिका खेल्नु भयो, त्यो स्वागतयोग्य स्मरणीय छ, हामी उहाँले देखाउनु भएको सत्य धर्मको मार्गमा हिड्ने प्रण आज उहाँकै स्मृति दिनमा गर्न सक्यौं भने उहाँप्रती वास्तविक सच्चा श्रद्धाञ्जली हुनेछ ।

अन्तमा, उहाँ यहि पन्चतत्वको मानव शरीर धारण गरि यहि प्रकृतिमा उदाउनु भयो । आखिर यहि पन्चतत्वको शरीर तथा भौतिक सम्पत्ती उहाँले यहि प्रकृतिमा छोडेर जानुभएको छ तर उहाँको संचित धर्मको पुण्य सम्पत्ति आफै लगेर जानुभएको छ । स्वर्गीय तिर्थ बहादुर श्रीस मगरप्रती केही शब्दद्वारा भएपनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सुगती तथा निर्वाण लाभको कामना गर्दछु ।
भवतु सब्ब मंगलम !
साधु ! साधु ! ! साधु ! ! !

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...