Thursday, June 4, 2020

नेपालमा कोरोनाको अवस्था : ताज अपडेट

काठमाडौं, २३ जेठ । विश्व स्वास्थ्यय संगठन (डब्ल्युएचओ)ले यस कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। विश्वभरी दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।

पछिल्लो समय यो भाइरस सबैभन्दा बढी अमेरिका, ब्राजिल, स्पेन, युके, भारत, इटाली र फ्रान्समा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। हालसम्म २०० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । हिजो मृत्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । मृतक युवक सुर्खेत घर भएका हुन् । उनी ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २१ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो ।

युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको छ । २० वर्षीय उनी पञ्चपुरी नगरपालिका १ हाँसेका हुन् ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । कुल ११ जना मृतकमध्ये ९ पुरुष र २ महिला छन् भने २६३४ जना मा कोरोना पुषटी भएको छ् । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...