Sunday, June 21, 2020

न्यायीक अनन्दोलनमा राष्टिय जनमक्ति पार्टीको ऐक्यवद्धता

धनुषा । जेठ २७ गते मंगलबार करिब २ बजे राति ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्र रहेको शौचालयमा सबैला नगरपालिका–१२ बस्ने २५ वर्षीय शम्भु सदा मुसहरको शव फेला परेको हो । शम्भुले चलाएको ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमै रहेका उनी आफ्नै लुगाको पासो लगाएर भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । तर उनका आफन्त र स्थानीय बासिन्दा भने प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी आत्महत्या गर्न सक्छ भन्ने प्रश्नका साथ प्रभावकारी छानविनको माग गरिरहेका छन् । निजलाई प्रहरीले हिरासतमा लिई निर्घात कुटपिट गरि हत्या गरेर सरोकारवलाहरुको अनुपस्थितिमा राजनितिक दलको आधारमा पोष्टमार्टम गरि गुपचुपमै दाह सस्कार गरिएको घटनाले आक्रोशित दलित अधिकार कर्मि र अगुवाहरुको पहल र सकृयतामा न्यायको माग राख्दै प्रदेश नं. २ (मिथिला भोजपुरा) मा स्वतस्फुर्त उठेको दलित आन्दोलन जायज रहेको राष्ट्रिय जनमुक्ति पार्टीको ठहर छ। साथै सम्भु सदा (मुसहर) न्यायीक संघर्ष समिति द्वारा सिंगो मलुकलाई नै तरंगित बनाउने गरि न्यायको पक्षमा उठाईएको साहसिक अनन्दोलनमा राष्टिय जनमक्ति पार्टी ऐक्यवद्धता जाहेर गरेको छ । 

 अध्यक्ष चन्द्रेश्वर ज्यु, 
शम्भु सदा न्यायीक संघर्ष समिति ।

ऐक्यबद्धता पत्र

मिति २०७७ जेष्ठ २७ गते धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ वस्ने वर्ष २५ का सम्भु (मुसहर) ले चलाएको ट्याक्टर अचानक दुर्भटना हुदा एक महिलाको मृत्यु भए पश्चात तत्काल ईलाका प्रहरी कार्यालय सवैलामा हाजिर हुन पुगेका निजलाई प्रहरीले हिरासतमा लिई निर्घात कुटपिट गरि हत्या गरेर सरोकारवलाहरुको अनुपस्थितिमा राजनितिक दलको आधारमा पोष्टमार्टम गरि गुपचुपमै दाह सस्कार गरिएको घटनाले आक्रोशित दलित अधिकार कर्मि र अगुवाहरुको पहल र सकृयतामा न्यायको माग राख्दै प्रदेश नं. २ (मिथिला भोजपुरा) मा स्वतस्फुर्त उठेको दलित आन्दोलन जायज रहेको राष्ट्रिय जनमुक्ति पार्टीको ठहर छ। सत्यमसेवम सुरक्षणमको सपथ लिएर आफुलाई देश र जनताको सेवामा समर्पित भन्न रुचाउने प्रहरी प्रशासनको हिरासत मै प्रहरीको निर्ममता पुर्वक यातना र कुटपिटबाट आम नागरिकले ज्यान गुमाउनु परेको पछिल्लो यो घटनाले कानुनी राज्यको धज्जी उडाएको मात्र छैन सिंगो प्रहरी संगठन माथि नै गम्भीर प्रस्न खडा गरिदिएको छ । तसर्थ जोसुकै किन नहुन छिटो भन्दा छिटो दोसिलाई कानुनी कठघरामा उभ्याई पिडित पक्षलाई न्याय दिनका लागि तत्काल दलितहरुकै नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरि दोसिहरु उपर हदै सम्मको दण्ड सजायको लागि हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै दिवंगत अत्माप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ र तपाईको नेतृत्वमा गठित सम्भु सदा (मुसहर) न्यायीक संघर्ष समिति द्वारा सिंगो मलुकलाई नै तरंगित बनाउने गरि न्यायको पक्षमा उठाईएको साहसिक अनन्दोलनमा राष्टिय जनमक्ति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ। 


के.पि. पालङवा 
अध्यक्ष 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...