बुटवल,८ असार । मिलेनियम च्यालेज कर्पोरेशन एमसिसि र भ्रष्टाचारको बिराेधमा राष्ट्रिय जनमुक्ति पार्टीले भैरहवामा बिराेध प्रदर्शन तथा खबरदारी सभा सम्पन्न गरेको छ । बिरोध सभामा राष्ट्रिय जनमुक्ति पार्टी उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर,पार्टीका उपमहासचिब तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी,प्रदेश उपाध्यक्ष हरी ओम विश्वकर्मा, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायले सम्बाेधन गर्दै सरकारले कोरोना महामारीको समयमा पनि चरम भ्रस्टाचार गरेको आराेप लगाए ।
काेराेनाकाे नाममा चरम भ्रष्टाचार भएका समाचार सार्वजनिक भैरहेको भन्दै उनिहरूले काेेराेना भाइरससँग सम्बन्धि सामाग्री खरिदमा भएको भ्रष्टाचारको तत्काल अख्तियारले छानबिन गर्नुपर्ने माग गरे । नेपालमा जटिल र विकराल समस्याको रूपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने “राष्ट्रिय ईच्छा शक्ति” नभई समृद्ध नेपालको निर्माण हुन सक्दैन भन्दै उनिहरूले भ्रष्टाचार र जातिय हत्या हिंसा सम्बन्धि मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउन स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनु पर्ने आवश्यकता आैल्याए ।
उनिहरूले पंचायति शासनकालदेखि हालसम्म भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरूको सम्पति स्वतन्त्र ढंगले छानबिन गरि स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न”शक्तिशाली नागरिक छानबीन अायोग”गठन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टाेप अस्लामि मगरले एमसिसि परियोजना नेपालकाे पक्षमा नभएको भन्दै त्यो कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताए ।
सरकारले हालै जारी गरेको लिम्पियाधुरा लिपुलेक समाबेश गरिएकाे नक्साको पार्टीले स्वागत गरेको भन्दै उनलेे काेभिड-१९ कालागि खरिद गरिएका सामाग्रीमा सरकारले चरम भ्रष्टाचार गरेको बताए ।
एमसिसि पक्षधरतर्फ इङ्गित गर्दै अस्लामिले १० करोड भ्रस्टाचार गर्ने लाई १४ बर्ष सजाय हुने हो भने एक करोड खाएर राष्ट्रघाती सम्झौता गर्ने लाई कती सजाय हुने भनी प्रस्न गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरि भ्रष्टाचारीलाई कठोर दण्ड सजाय ( कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था हुनु पर्छ भन्दै आएको स्मरण गराउदै उनलेे भ्रष्टाचारिकाे मुख हेर्दिन भन्ने प्रधानमन्त्री केपी ओलिकै मन्त्रीपरिषदका मन्त्रीहरूनै भ्रष्टाचारमा लिप्त हुनुले भ्रष्टाचारप्रतिकाे प्रधानमन्त्रीकाे प्रतिवद्वता खाेक्राे सावित भएको बिचार व्यक्त गरे ।
प्रदर्शनमा नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौती दिने शर्तसहित आएको MCC (मिलेनियम च्यालेज कर्पोरेशन) खारेज गर, कोरोना महामारी (COVID-19) नियन्त्रणको नाऊमा भए गरिएका भ्रष्टाचारबारे अख्तियारद्वारा तुरन्त छानविन गर लगायतका नारा लगाएका थिए ।
बिरोध सभा पछी निस्केको बिरोध जुलुस नारायणथान, मिलन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी, रूपन्देहीकाे आयोजना र जनमुक्ति युवा महासंघ,प्रदेश ५ (लुथम) काे संयोजनमा भएको कार्यक्रम आशा गुरुङ्गकाे संचालनमा सम्पन्न भएको थियाे ।
No comments:
Post a Comment