भैरहवा ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सातौं गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण बजेट कार्यान्वयनमा देखा परेको चुनौतीहरुको सामना गरी समृद्ध ओमसतिया निर्माण गर्न उनले कार्यक्रम अघि सारेको बताएका छन् ।
कोभिड–१९ का कारण आम जनजीवनमा पारेको असरले ओमसतिया गाउँपालिका पनि अछुतो नरहेको र सरकार सञ्चालन गरेको ३ वर्ष पुगेको अवस्थासम्म समग्र गाउँपालिकाको विकास गर्न विविध कार्यहरु गर्दै तीन आर्थिक वर्षको बजेट कार्यान्वयन गरिएको अध्यक्ष केवटले बताए । महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी पूर्ण सामर्थ्यका साथ कार्यसम्पादन गर्दै आइरहेको उनले बताए ।
नीति तथा कार्यक्रममा कृषियोग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, सञ्चालित कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत अनुदान दिने, अर्गानिक तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गर्ने, पशु विकास कार्यक्रममा इच्छुक युवाहरुलाई स्वरोजगार बनाउन ग्रामीण विकास कोषको व्यवस्था गर्ने, दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न दुग्ध चिस्यान केन्द्रको स्थापिना तथा सञ्चालन गर्न नीति लिने, गाउँपालिका अन्तर्गत कृषि सामाग्रीको दिर्घकालिन संरक्षण गर्न एक कृषि चिस्यान केन्द्रको स्थापना गर्ने नीति लिने, सहकारीमार्फत कृषिजन्य उत्पादनको खरीदविक्री प्रक्रियालाई सरलीकरण गर्ने, सार्वजनिक जग्गा तथा नदी किनारमा कृषि र फलफुल तरकारी खेती गर्न प्रोत्साहित गर्ने, गाउँपालिका भित्र कृषि परियोजनाको लागि फर्म दर्ता गरी जग्गा भाडामा लिएको कृषि फर्मलाई प्रतिकठ्ठा रु. ३ हजार ५ सयको ५० प्रतिशतले हुन आउने रकम अनुदानको रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । अनुउत्पादक खर्चको कटौती र उत्पादक क्षेत्रमा लगानी गर्ने नीति लिइ कृषि पेशालाई व्यवसायीकरण गराइ गरीबी निवारण निर्मुल पार्न योगदानमा आधारित कृषि वितरण कार्यक्रम सञ्चालन गरिनेछ, गाउँपालिका अध्यक्ष केवटले भने, कृषक तथा कृषिजन्य व्यवसायिक खेती गर्नेलाई बिउ तथा विरुवा वितरणमा ५० प्रतिशत र ७५ प्रतिशत अनुदानका कार्यक्रम ल्याइनेछ ।
गाउँपालिकाको स्वामित्वमा रहेका तालतलैया र पोखरीमा व्यवसायिक रुपमा मत्स्य पालन गर्न गाउँपालिका तथा वडा कार्यालयबाट ठेक्कापट्टा गरी लिजमा दिइने र आवश्यकता अनुसार गाउँपालिकाले पनि मत्स्य पालन गर्न सक्ने उनले बताए । व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक तथा व्यवसायीलाई विशेष अनुदानको व्यवस्था मिलाइने अध्यक्ष केवटले बताए ।
गाउँपालिकाले सामुदायिक विद्यालयलाई पूर्ण रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने नीति लिएको छ । गाउँपालिकामा सञ्चालित माध्यमिक विद्यालय (११–१२) दिवा सत्रमा अनिवार्य सञ्चालनमा ल्याउने र विद्यार्थी संख्याको आधारमा अनुदान रकम उपलब्ध गराउन सकिने गाउँपालिकाले जनाएको छ । त्यस्तै सामुदायिक विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने, विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयलाई भुगोल र विद्यार्थी संख्याको आधारमा मर्ज गरिने, जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ दरबन्दी मिलान गर्ने, कलर कोड नभएका सबै सामुदायिक विद्यालयहरुमा शिक्षा मन्त्रालयले तोकेको मापदण्ड कलर कोड लगाउन व्यवस्थाको लागि बजेट विनियोजन गर्ने, संस्थागत विद्यालयको हकमा यसै वर्षदेखि लागु हुने गरी १० प्रतिशत अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को प्रकोपलाई न्युनीकरण गर्न संघीय सरकार तथा प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्यवन गर्न स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने अध्यक्ष केवटले बताए ।
गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई सबल बनाउने, सामाजिक सुरक्षा प्राप्त गर्ने सेवाग्राहीलाई गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा सम्पूर्ण उपचारहरु निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिकको उच्च रक्तचाप, क्यान्सर, मधुमेह जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण कार्यक्रमहरु क्षेत्रगत रुपमा सञ्चालन गर्ने, नवजात शिशु, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य हितका लागि पोषण सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य पोषणयुक्त सन्तुलित आहारको लागि थप १ हजारका दरले पोषण भत्ता उपलब्ध गराउने, शिशु मृत्यु दर र मातृ मृत्युदरलाई न्युन गराउन आवश्यक कार्यक्रमहरु ल्याइ कार्यान्वयन गरिने, नीजि स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र नियमन गरिने, प्रत्येक माध्यमिक विद्यालयहरुमा एक जना अ. न. मी. राख्ने नीतिलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै छोरा वा छोरी बराबरी भन्ने मुल नारालाई सार्थक बनाउनको लागि छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिने, पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने, एक वडा एक रंगशालाको अवधारणा अनुरुप जग्गा पहिचान तथा खेलकुद पूर्वाधार विकास योजना तयार गरी क्रमशः खेलकुद मैदान तयार गरी क्रमशः खेलकुद मैदान निर्माण गरिने नीति सामाजिक नेतृत्व विकास र सशक्तिकरणका लागि क्षमता विकास कार्यक्रम तथा आयआर्जनका लागि सीप विकास कार्यक्रमहरु कार्यान्यवन गर्ने गाउँपालिकाले नीति लिएको छ । त्यसै गरी आगामी आर्थिक वर्ष २०७७/०७८ देखि मालपोत तथा भुमिकर हटाइ एकीकृत सम्पत्ति कर लागु गर्ने, महिलाको नाममा दर्ता गरिएका व्यवसायिक प्रतिष्ठानमा लाग्ने कर र महिलाको नाममा रहेको सम्पत्ति करमा पनि १० प्रतिशत छुटको व्यवस्था गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलको सञ्चालनमा सम्पन्न भएको सातौं गाउँसभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि पारित गरिएको ओमसतिया गाउँपालिकाका प्रवक्ता शिव कुमार धवलले बताए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरे...
-
अामा भाषा जाेगाअाैं बाबा भाषा जाेगाअाैं बाजे भाषा जाेगाअाैं बजै भाषा जाेगाअाैं अाफ्नाे देशकाे भाषा जाेगाअाैं अाफ्नाे समुदा...
-
१. डेसान पुजा मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगल...
No comments:
Post a Comment