Thursday, June 18, 2020

सचेत युवा सवल युवा देशका लागि

कपिलबस्तु । कपिलबस्तुको ४ नम्बरमा शनिबार नेपाल सरकार जिन्दवाद ! गो व्याग ईन्दिया सहितको नारा लगाउदै युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कोरोना माहामारीका बीचमा कपिलबस्तु जिल्लाको ४ नम्बर बजारमा  सचेत युवा सबल युवाहरुले नेपालको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट परित गरेको र लिम्पियाधुरा, कालापानी, लिपुलेग सहितको नक्स जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद, दिदै नेपाल सरकार जिन्दवादको नारा समेत घन्काएका थिए । 

साथै युवाहरुले भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोध गर्दै ‘गो व्याग ईन्दिया’ भन्दै नारा समेत लागएका थिए । शान्तिपूर्ण सरकार विरुद्ध प्रदर्शनमा सरकाले  महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र शंकास्पद बिरामीलाई पिसीआर टेस्ट गर्नुपर्ने, प्रथामिकता के ? 
कार्पेट कि जनताको खालि पेट, दुङ्खे बगर माया दुगङ्गे बगर १० अर्ब बाढ्दै छौं हल्ला नगर, भोकै जनता के को कर विदेशबाट उद्धार गर, आदी युवा खाडीमा ओली र देउवा एम.सी.सी पास गर्ने हतारमा,  खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका नारा लगाउदै नेता र  सरकार विरुद्ध नारावाजी सहित शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

त्यस्तै चारम्बर बजार परिक्रमण पश्चत चार नम्बर चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै युवा नेता तथा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकन्त पोख्रेलले बाणगंगा नगरपालिकालाई कोरोना महामरीलाई व्यवस्थित गर्न नसकेको अरोप लागउनुभयो । उहाँले बाणगंगा नगरपालिका मेयर र उपमेयरलाई प्रश्न गर्दै रहतको कोरोनाको नाममा आएको राहत खौई ?  कोरोनाको नाममा गरिएको खर्चको एक एक हिसाब जनतालाई दिनुपर्ने माग समेत गर्नुभयो । उहाँले वाणगंगा नगरपालिका लक्षित यस्तो माग राख्नुभएका नेता पोख्रेलले सबै जनता सामु नगरपालिकाले खर्च सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–“नगरपालिकाले भेडा बाख्रा हुले झै क्वारेनटाइनमा हुलेर राखेको छ । यसलाई व्यवस्थित बनाउनु पर्दैन । राहतको नाममा एकपटक १५⁄२० किलो, दाल चामल, नुन तेल बाडेर मेयर उपमेयर उम्किन पाईन्छ । जुनसुकै पार्टीका मेयर, उपमेयर भएपनि हिसाब किताब दिनु पर्छ ।” यसरी युवाहरुले सरकार विरुद्ध  शन्तिपूर्ण प्रदर्शनमा केपि ओली, शेरबहादुर देउवा उस्तै हुन् एम.सी.सी ल्याउन मिलेका छन् भनेर विरोध गरेका थिए । त्यस्तै बाणगंगा नगरपालिकाका मेयर उपमेयरहरुलाई कोरोना राहत कोषको हिसाब परदर्शि हुनुपर्ने धारण राखेका थिए ।
 (फोटो फिचरः कमल चौधरी ।)

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...