तिलोत्तमा । रुकुम पश्चिम चौरजहारीमा भएको निर्मम हत्याकाण्ड र रुपन्देहीकाे देबदहमा भएका पासबिक हत्या बिरुद्ध तिलोत्तमाको मणिग्राम चोकमा बिरोध प्रदर्शन भएको छ । नेपाल दलित संघको आयोजना भएको
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध भातृ संगठनहरू जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा,आदिबासी जनजाती महासंघ,तिलोत्तमा लगायत अन्य संघ संस्थाद्वारा कार्यक्रममा एक्यबद्धता जनाएका थिए । बिरोध सभा पछी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेब घिमिरेलाई उक्त घटनाका सात बुदे माग सहीत ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मेयर घिमिरेले उक्त घटनाले अन्त्यन्तै दुखी तुल्याएको र घटनाको सत्य तथ्य छानबिन गर्न सरकार लागि परेको बताए । आफ्नै नगर भित्र वडा नम्बर १० मैैनहयामा भएकाे पाच जनाको कारुणिक हत्या भएको र सो घटनामा शुरु देखी नगर प्रमुखकाे हैसियतले पीडितलाई न्याय तथा क्ष्रतिपुर्ति दिलाउन पहल गरेको बताएका थिए ।
No comments:
Post a Comment