[ श्याम परिवार ] काठमाण्डौ । नेपाल को राजनीतिकर्मीमा देखिएको फितलोपन को गन्ध वा बर्बरता को पराकाष्ठा लाई साच्चिकै नेतृत्वको हेर्ने दृष्टिकोणबाट होइन कि एउटा सच्चा नागरिकको हेैसियतले हेर्ने हो भने सबै छर्लङ्ग देखिन्छ । हाल विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड्-१९ को मारमा नेपाल पनि चपेटामा परेको छ। यस्तो बिसम परिस्थितीलाई अवसरको रूपमा प्रयोग गर्दै छिमेकी राष्ट्र भारत ले नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन
![]() |
| Add caption |
सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गर्नु ठाडो हस्तक्षेपको भारतको दादादागिरी हो । निर्माणकार्य गरेको लिम्पियाधुरा को मानसरोवर जाने मार्ग को सन्दर्भलाई अध्यन गर्दा छिमेकी राष्ट्र भारतलेम अति निन्दनीय कार्य गरेको छ। हालसम्म भारतले चार चरणमा नेपाली भूभाग अतिक्रमण गरेको छ। अहिले आएर सडकमार्फत अतिक्रमण थालेको हो। सन् १८१६, १९, २६, २७, ३०, ३४, ३५, ३७, ४१, ४६, ५०, ५६ र ६७ गरी १३ वटा नक्साले महाकाली नदीको मुहान लिम्पीयाधुरा देखाइएको छ। लिम्पियाधुराबाट आउने नदीलाई काली भनि भनि उल्लेख छ। सुगौली सन्धिको ५० वर्षपछि नक्सा मार्फत भारतले नेपाली भूभागको अतिक्रमण थालेको थियो। तर भारतले काली नदीलाई नक्कली बताएर सन् १८५६ देखि नै नेपाली भूभाग अतिक्रमण गर्दै आएको विज्ञहरूले पुष्टि गरिरहेका छन्। सन् १८५६, ६५, ७९, ८१, १९०३, २१, २४, ३१, ३४, ६० सम्मका ९५ वर्ष लगाएर १० वटा नक्सा मार्फत काली नदीको नाम परिवर्तन गरी कृटियङदी लेख्न थालेको देखिएको सीमाविद्हरू बताउँछन्। यसपछि लिपुलेकबाट आउने खोलालाई काली भन्न थालएको हो । सन् १९६२ मा भारत-चीन युद्धको नेपाल भूभाग कालापानीमा भारतीय सेना राखेर भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रण गर्दै आएको छ। भारतले कालापानीलगायतका नेपालका १७ स्थानमा इण्डो तिब्बत बोर्डर पुलिस फोर्स राख्यो। चीन र भारतको विवाद समाधान भएपछि कालापानी बाहेकका अन्य स्थानबाट भारतीय सेना हटायो। सामारिक स्थानको रूपमा रहेका कालापानीमा नक्कली काली मन्दीर र नाला बनाएर, त्यही नक्कली नालालाई काली नदी कायम गरेर नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ । यसरी पटक पटक भारतले सिमा अतिक्रमण गरिरहदा यता नेपालका प्रधान मंत्री ले म स्वास्थ्य लाभ गरिरहेको थिए भन्ने शब्द बाट प्रष्ट के कुरा झल्किन्छ भने म सुतेको जस्तो गर्छु तपाईंहरूले आफ्नो काम गर्नुस यो भन्दा सुनौलो अवसर पछि प्राप्त हुदैन भन्ने आभास को गन्ध कसरी आउछ भने सिमाना मिच्न पाइदैन भन्दै आन्दोलन गरिरहेका देश प्रेमी जनता र विधार्थीहरू माथि सरकारले गरेको अत्याचर र दमन गरि करेन्ट सम्म लगाउन सरकार किन व्यस्त छ ? यो सरकार बहुदलीय व्यवस्था भन्दा पनि एक कदमले अगाडी छ । यदी प्रधान मन्त्री बेखबर नै हुन भने केही समय अगाडी दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार, २०२० फागुन ४ गते महोत्सव उद्घाटनका लागि दार्चुला पुगेका उपप्रधानमन्त्री इश्वर पोखरेल शाहीत को टोली आइतबार राति त्यहाँस्थित दुर्गा दल गणमा बसेर सोमबार बिहान ८:१५ बजे व्यासक्षेत्रको अनुगमन निस्किएका थिए। व्यास क्षेत्रान्तर्गत लिम्पियाधुरा, कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । अनी सीमा हेर्न गएपछी प्रम ओली लाई नभन्ने ले भारत लाई ढुक्क हुनु र बाटो खने हुन्छ भनी सुचना दिए जस्तो छ । यो चरितार्थलाई गम्भिर ढंग बाट हेर्ने हो भने कि त प्रधान मन्त्री र रक्षा मन्त्रीले राष्ट्रघाती गरेकाछन भन्ने स्पस्ट रुपमा बुझ्न् सकिन्छ । किनकी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका थिए । यो लोकतान्त्रिक गणतन्त्र को दुई तिहाइ को बहुमतको सरकार जनतालाई यसरी बेबकुफ बनै रहेकाछन । अब नेपालएे जनता सचेत र जागरुक हुने बेला आयो । यो सरकार ले नेपाल को नक्सा यदि नेपाल मा छैन भन्छ भने आज पनि बेलायत मा सुरक्षित छ नेपाल को नक्सा । हिजो भारत इष्ट इन्डिया कम्पनीको अधीन बाट सन १९४७ मा आजाद हुने बेला मा नेपाल को भु - भाग पनि फिर्ता हुनु पर्ने थियो वा नेपाल ले पाउनुपर्ने थियो । नेपाल सरकार को कमजोरी हो वा छिमेकी राष्ट्र भारत को नियत माथि खोट हो यसको निर्णय भविषय ले निर्धारण गर्ने छ। सन्धिको कुरा गर्ने हो भने पनि सन १९५० को सन्धि मा काली नदी को पुर्व बाट भनेर लेखिएको कुरा प्रष्ट छ। नेपाल सरकारले अन्तरराष्ट्रिय अदालत को ढोका ढक - ढक्याउने कि नेपाल को नक्सा खोज्ने सरकार को दायित्व हो । विगतमा टनकपुर , सुस्त , महाकाली बेचे अब पालो लिम्पियाधुरा को आएको छ के जुन जोगी आए पनि कानै चिरेको भने जस्तै यस पटक जनता ले जोगी को कान काटेर फाल्न सक्छन् वा उखान मा सिमित रहन्छ यो कुरा को छिनो फानो भविषय ले गर्ने छ ।अब उपरान्त सबै नागरिक एक ठाउमा गोल बध्द हुन जरुरी छ यही एउटा विकल्प मात्र हो देश बचाउने ।
लेखक : राष्ट्रिय दलित मोर्चाका सयोजक हुनु हुन्छ ।

No comments:
Post a Comment