Friday, May 15, 2020

नेकपा बैठक र प्रधानमन्त्रीको चतुर्‍याइँ !

टंक आग्री । काठमाण्डौ । पुस्पकमल दाहाल "प्रचण्ड"नेतृत्वको नेकपा माओबादी केन्द्र र केपि शर्मा ओलि नेतृत्वको नेकपा एमाले पार्टी एकीकरण पश्च्यात निर्माण गरिएको नेपाल कम्न्युश्ट पार्टी गठन भएको पनि लगभग तिन बर्ष पुग्न लागेछ। पुराना कम्न्युस्ट नेताको सपना लाइ साकार पार्न भनी दुइ बिपरित दिशाका पार्टी अचानक एक हुनुलाइ कतिपयले आस्चर्य मान्दै आएका छ्न।दुइटा अध्यक्ष बिचको मतभेद नै मुख्य कारण मानिन्थ्यो ।
किनकी प्रचण्ड र केपि ओलि एक अर्काका कट्टर आलोचक थिय । निति मध्यको सबभन्दा ठुलो राजनितिमा असम्भव हुदैन भन्ने कुरा यो घटनाले पुष्ट गरिदियो। फलस्वरूप ठुलो रमझम र तडकभडकका साथ पार्टी एकता सम्पन्न भयो।सत्ता  फेरबदल बाट वाक्क दिक्क भएका जनताले पनि स्थाइ शान्ति,स्थिर सरकार र दिगो बिकासको लागी भनेर आफ्नो अमुल्य मत दिएका थिय । दुइटा अध्यक्ष रहेको सो पार्टीमा एकजना अध्यक्षले पार्टी चलाउने र अर्का अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने भद्र सहमती भएको भन्ने कुरा बेला बेला बाहिर आइरन्छ । तर त्यो सम्झौता ब्याबहारमा लागु भने भएको पाइदैन। तथापी अध्यक्ष केपि शर्मा ओलिको नेतृत्वमा शक्तिशाली दुई तिहाइको सरकार निर्माण भएको छ र अर्का अध्यक्ष प्रचण्ड  दोश्रो दर्जाको सेरमोनियल अध्यक्ष हुनुभएको छ। आफुले उठाउदै आएका एजेन्डा सत्तामा स्थापित भइसक्दा पनि शासकको कमाउ र मोज गर , फुटाउ र राज गरको निति अनुसार पटक- पटक फुट्नको सङ्घारबाट गुज्रिएको शक्तिशाली(माओबादी) पार्टी नेकपामा एकीकरण हुँदा अहिले भिजेको बिरालो जस्तै भएको छ। झापा आन्दोलनबाट १४ बर्ष जेल जिबन बिताएर राजनितिमा छलाङ मारेको भनिएका केपि शर्मा ओलि र गणतन्त्र स्थापनाको लागी २४० बर्ष शासन गरेको राजतन्त्रका विरुद्ध थालिएको दशबर्षको माहान जनयुद्ध,२०६२/६३ सालको जन आन्दोलन त्यसपछिको बिस्तृत शान्ती सम्झौताका प्रमुख जिवित हस्ताक्षरकर्ता र  संघीय लोकतान्त्रिक गणतन्त्रका पिता मानिने प्रचण्ड बिच अहिले तालमेल मिलिरहेको छैन।संघीयता र पहिचानका मुद्दाहरु धरापमा परिरहेका छन। शक्तिशाली सत्ताको मात लागेका ओलिका पछिल्ला कृयाकलाप र गतिबिधि नेकपा समर्थक आमनागरिक र पार्टी भित्रैका नेता कार्यक्रताहरुलाइ चित्त बुज्दो छैन ।
हुनत पहिलो संविधान सभाको निर्वाचनमा प्रथम हैसियत बनाएर सरकार निर्माण गरेको तत्कालीन माओवादी पार्टीलाइ पनि सत्ताको मात चढेको आरोप लागेको थियो। तर बर्तमान सरकारका अहिलेका कृयाकलाप देखी नागरिकहरुमा बितिश्रणा पैदा भएको छ भने स्वयम सरकार र पार्टी भित्रका नेता कार्यक्रता वाक्क दिक्क भैरहेका छ्न। 
विशेषगरि सरकारकै सङ्लङ्नतामा भएका भ्रष्टाचार,तस्करी, घुसपैठका घटनाहरु,कोरोना भाइरस नियन्त्रण तथा रोकथाम न्यूनीकरणमा भएका बिबादित निर्णय,मधेसमा आफुलाइ निशेध गरेका कारण मदेशबादी राजनितिक पार्टी फुटाउने र संबैधानिक निकायमा प्रतिपक्षी बिनै नियुक्ति गर्न सक्ने अध्यादेश ल्याउनुले सरकार आलोचनाको सिकार हुदै आएको छ। अचम्म मान्नु पर्ने कारण त के छ भने हतार हतारमा ल्याइएका दुइटा अध्यादेश नागरिकको चौतर्फी बिरोधका कारण फिर्ता गर्नु पर्यो भने समाजबादी पार्टीका साङ्सद डा. सुरेन्द्र यादब अपहरण प्रकरण कान्ड सङ्ग सरकारको प्रत्येक्ष  सङ्लग्नता रहेको आरोप जनता समाजबादी पार्टीका नेताहरुले लगाउदै आएका छन।प्रधानमन्त्रीले फुटाउन खोजिएका राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी भने राता रात एक भएका छन। उहाँकै निर्देशनमा पुर्ब आइजिपी सर्बेन्द्र खनाल, साङ्सद महेश बस्नेत र किशान श्रेष्ठले डा. यादबलाइ सप्तरीबाट अपहरण गरेर रातारात काठमाडौं ल्याएका थिय। 
यि याबत गतिविधिहरुले गर्दा मुलुकभर प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना तथा बिरोध भैरहेको छ। पार्टीभित्र अल्पमतमा परेका ओलि ९ सदस्यीय सचिवालयमा समेत अल्पमतमा परेका छ्न। पार्टीमा एक पद एक ब्याक्ती पद्धतिमा अडिग रहेको पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल समुह र प्रचण्ड समुहका २० जना स्थाइ कमिटी सदस्यले बैठकको माग गर्दै लिखित हस्ताक्षर बुझाएका छ्न।९ सदस्यीय सचिवालय बैठकमा  प्रधानमन्त्रीको राजिनामा मागिएको छ । प्रधानमन्त्री भने आफुलाइ राजिनामा गराउन स्थाइ कमिटी  बैठक बोलाइएको आसङ्का गर्दै बैठक छल्दै आएका छ्न । कहिले संसदमा बहुमत पुर्याउन साङसदको हस्ताक्षर संकलन,त  कहिले बर्दियाबाट चुनाब हारेका पार्टीका उपाध्यक्ष एबम पुर्बउपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमलाइ प्रधानमन्त्री बनाउने  सम्मका अनेक चाल चाल्दै आएका छ्न। बामदेब गौतमलाइ प्रधानमन्त्री बनाउने कुरा ओलिको रणनीतिक चाल हो भनेर स्वयम प्रधानमन्त्री निकट मानिने नेताहरुले बताउदै आएका छ्न। अर्को तिर सांसद नभएका ब्याक्तिलाइ प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै बिबाद भइरहेको छ । जे होस; प्रधानमन्त्रीद्वारा चालिएका यि गतिविधिले बामदेबको प्रधानमन्त्री बन्ने चाहाना पुरा हुदैन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उता गौतम भने प्रधानमन्त्रीको उधारो आस्वासनमा मख्ख छन ।यदि कथाकचित यो सम्भावना भैहाले पनि प्रक्रिया सहज छैन। कहिले बैठकमा प्रस्तुत गरिने अजेन्डा नपुगेको त कहिले आफु थाकेको भन्दै बैठक स्थगन गराउदै आएका छ्न। यो बिचमा प्रधानमन्त्रीद्वारा रचिएका ( चोरिको आरोप लागेका) कबिताहरुले पनि बजारमा राम्रै स्थान पाएको थियो ।प्रधानमन्त्रीका विरुद्ध लागिपरेका पार्टीभित्रका बिभिन्न गुट उपगुटहरु पनि सतहमै देखा परेका छन।पछिल्लो समयमा तय गरिएको बैठकमा त अचम्मको बाहाना बनाए । त्यो के भने ; पार्टी भित्र सरकारको खरो आलोचना गर्दै आएका पुर्ब गृहमन्त्री एबम स्थाइ कमिटी सदस्य भिम रावललाइ गरिएको कोरोना संक्रमणको आशङ्का । यसको जवाफ स्वयम भिम रावलले ( सरकारले के निउ पाउ कनिका बिकाउ) दिइसकेकाछ्न । नेपालमा तीब्र रुपमा फैलिएको कोरोना भाइरस र सरकार विरुद्ध थालिएको बिरोध/आन्दोलनले मुलुक र सरकारलाइ कति फाइदा र कति नोक्सान पुर्याउछ त्यो त हेर्न बाकी नै छ !!
लेखक : जनता समाजबादी पार्टीका नेता हुन । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...