Wednesday, May 13, 2020

सोनिस दर्लामी मगरलाई बचाउन् सहयोगको अपिल

पाल्पा । पाल्पा, दोभान गाउँ पालिका वडा ३ का ६ बर्षिय सोनिस दर्लामी मगरलाई बचाउन् उनका आफन्तले देश तथा विदेशमा रहेका नेपालीसँग अनुरोध गरेका छन् । सोनिस अहिले प्राणघातक रोग 'बोन म्यारो क्यान्सर रोग' संग जुढिरहेकीछिन । उनलाई रोग'ले थला पारे पछि महाराजगन्ज बाल मैत्री अस्पतालमा पूर्याईएको थियो । तर त्यहा पनि उपचार संम्भव नदेखिए पछि बानेश्वर स्थित सिभिल हस्पिटलको बेड नं। २३०मा बिगत १ महिना देखि उपचार्थ भईरहेको उनका आफन्तले बताएका छन   ।

 
हाल विश्वा भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस को कारण'ले जारी गरिएको लकडाउनले गर्दा आफ्न्तजनहरु अस्पताल सम्म आउन नसक्ने भए पछि बच्चा लाई स्याहार सुसारमा खटिएका आमा लाई सुसार मा अप्ठारो भएको बताउनु भएको छ । बच्चा सानै छ उसको लागि ब्लोड आवश्यक परेको बेला धेरै कठिनाई छ । परिवारको आर्थिक अवस्था नाजूक भएकै कारण'ले बच्चा को सफल उपचार गर्न सकेको छैन, बच्चा लाई उपचार गर्दा गर्दै धेरै पैचा खर्च भईसक्यो, दैनिक रुपमा ४० देखि ५० हजार खर्च भईरहेको छ । डाक्टर को सल्लाहा अनुसार बच्चाको शल्यक्रिया गर्नु पर्छ, त्यसको लागि आर्थिक जोहो गर्न डाक्टर ले सुझाएको बताउनु भएको छ । गम्भीर रोगबाट थला परेपछि उपचार खर्च पनि महङ्गो अनि आर्थिक स्थिति पनि कमजोर भएका कारण सहयोग का परिवार ले आर्थिक सहयोग को अपिल गरेको बताउनु भएको छ । । बिरामी ६ बर्षिय सोनिस दर्लामी मगर काठमान्डौं बानेश्वर स्थित सिभिल हस्पिटलको बेड नं। २३०मा बिगत १ महिना देखि उपचार्थ गराइरहेका छन् । यदि सहयोग मनका महानुभावहरु'ले सहयोग गर्न चाहानु हुन्छ भने निम्न संर्पक मा कल गर्न वा बुझ्न सक्नु हुन्छ ।

सहयोग को लागि - ९८४७२५०८६३ - सोनिसको हजुर आमा रोनिका दर्लामी । ९८४३२५०४३८ - विश्वास मगर, ९८४११६४८११  - लक्ष्मण जोशी

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...