नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ बसही (नयाँटाेल) मा सचेतना कार्यक्रम तथा साबुन वितरण गरिएको छ ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरावल गाउँपालिकाका वडा नं. १ का युवाहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना
भाइरसबाट बच्ने उपायहरुबारे घरका अभिभावकहरुलाई सचेत गराएका हुन् । एकातिर देशमा लकडाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको वातावरण छ । मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर युवाहरु स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्षण र यसबाट बच्ने उपायहरुबारे सचेत गराउँदै साबुन वितरण गरेका छन् । सगरमाथा युवा क्लब बसही (नयाँटाेल) द्वारा क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेको संयाेजकत्वमा सरावल १ बसही (नयाँटाेल) मा २५० घरधुरीलाई सचेत गराउदै साबुन वितरण गरिएकाे हाे । उक्त कार्यक्रममा स्थानिय युवाहरुकाे सक्रिय सहभागिता रहेकाे थियाे । क्लबलाई वडा र गाँपालिका स्तरबाट सहयाेग प्राप्त भएको भए वडा न.१ भरि नै यस्तो कार्यक्रम अायाेजना गरिने क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment