तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नोबेल कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।
“हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरीद, विक्री–वितरण तथा उपभोग नगर्नु/नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ”–नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
स्वदेशमै उत्पादित तरकारी, फलफूल लगायतका कृषिउपज कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री–वितरण गर्न नगरपालिकाले सबैलाई सूचित गरेको छ । लकडाउनको समयावधिभर अत्यावश्यक खाद्यान्न तथा तरकारी खरीद तथा विक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ भने दुधको खरीद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । साथै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सूचनामा नगरवासीहरु स्थानीयस्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको छ ।
No comments:
Post a Comment