Monday, April 6, 2020

स्थानिय युवाहरुको सकृयतामा अशोक पथ बन्द

भैरहवा । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासले मात्रै प्र्याप्त नहुने हुँदा अब जनस्थरबाट नै स्थानिय नागरिकहरु कोरोना भाईरस बिरुद्ध लडन उच्च जागरुकता आबश्यक देखिएको छ ।
हाल नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-९ जना मनिषमा देखिएको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ  र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको नियम पालना गरौ भन्दै भैरहवा-६ अशोकपथका स्थानीय टोलबासिहरुले आशोकपथ हुँदै गूड्ने सवारी साधन बन्द गराएका छन्। कोरोनाविरुद्ध सरकारले गरेको लक डाउनलाई साथ दिन स्थानिय युवाहरुको सकृयतामा उक्त अशोक पथ मार्ग हुँदै जाने बैक कोलोनी आसपासका शाखा बाटोहरु बन्द गरिएको स्थानीय मनोज पुनले बताए ।

बिहान साझ तरकारी बेच्ने बाहनामा अपरिचित ब्यक्तिहरुको भिडभाड तथा केहीले जबरजस्त अनावश्यक सवारी साधन सञ्चालन गर्ने गरेकाले स्थानीयबीच सल्लाह गरेर बाटो नै बन्द गराएको स्थानिय टोलबासी प्रेम सिंजालीले बताए । लक डाउनको समयमा पनि उक्त अशोक पथ भएर आवतजावत बाक्लो हुने गरेको तथा मनपरी आवात जावतले कोरोनो संक्रमणको जोखिम बढेको हुँदा सो पथ बन्द गर्ने निर्णय गरिएको केशब काफ्ले बताए । काफ्ले भने – ‘कतिपयले जति भन्दा पनि टेरेनन्, त्यसैले सडक नै बन्द गर्न बाध्य भयौं।’

स्थानिय टोलबासीलाई अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्न टोलका अगुवहाँरुले आग्रह गरेका छन् । यसका साथै युवाहरुको भेलाले अत्यावश्यक काम नपरी आफुखुसी पैदल हिँड्नेलाई समेत जरिवाना गर्ने चेतावनी दिइएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सूचना मात्र जारी गरी अनुगमन नगर्दा मानिसहरुको चहलपहलमा नियन्त्रण हुन नसकेको स्थानियको भनाई रहेको छ ।
अशोक पथ मार्ग बन्दले पर्न गएको असुविधा प्रति अशोक पथ टोलबासीहरु क्षमा प्रार्थी रहेको स्थानिय टोलका युवा समाजसेवी राज थापाले बताए । साथै कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो। संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...