देबदह । विश्वमा नै महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासले मात्रै प्र्याप्त नहुने हुँदा अब जनस्थरबाट नै स्थानिय नागरिकहरु कोरोना भाईरस बिरुद्ध लडन उच्च जागरुकता आबश्यक देखिएको छ ।
हाल नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-९ जना मनिषमा देखिएको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको नियम पालना गरौ भन्दै देबदह-१२ प्रगतिनगर मैत्रि युवा क्लब, क्लबका अध्यक्ष सन्जय लामा गुरुङको अध्यक्षता स्थानिय युवाहरुको पहलमा गाउँका बुद्धिजीवी तथा अग्रज ब्यक्तित्वहरुको उपस्थितिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण बिषयकमा बैठक सम्पन्न गरेको छ । बैठकले विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रगतिनगर क्षेत्रमा आवतजावत गर्ने अपरिचित ब्यक्तिहरुलाई रोक्न, जुवा, तास र खेलमैदानमा कुनै पनि किसिमको भिडभाड हुन नदिने उदेश्यले घनश्याम पाण्डेयको संयोजकत्वमा निम्नअनुसारको स्वयंसेवक उपसमिती गठन गरेको अध्यक्ष गुरुङ्गले बताए । कोरोना सक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ तपशिल बमोजिम समिती गठन भएको छ । जसमा संयोजक- घनश्याम पाण्डेय रहेका छन भने सदस्यहरुमा सन्जय लामा गुरुङ, रमेश पाण्डे, लक्ष्मण पाण्डेय, सुमन पुन मगर, शेखर सिंजापती, तुल बा. थापा, उदय पाण्डे, टंक पाण्डे, महेश सि. टि, जुनु श्रेष्ठ, दिशान्त गुरुङ, ओम प्रकाश गुरुङ, हिमाल सिजापती मगर,मनोज पुन मगर रहेका छन । साथै इच्छुक ब्यक्तित्वहरुलाई समितिमा आबद्ध गरिने समितिले जनाएको छ ।
स्थानिय टोलबासीलाई अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न, अपरिचित ब्यक्तिहरु आवतजावतमा निगरानी राख्न टोलका अगुवहाँरुले आग्रह गरेका छन् । यसका साथै युवाहरुको भेलाले अत्यावश्यक काम नपरी आफुखुसी पैदल हिँड्नेलाई समेत जरिवाना गर्ने चेतावनी दिइएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सूचना मात्र जारी गरी अनुगमन नगर्दा मानिसहरुको चहलपहलमा नियन्त्रण हुन नसकेको स्थानियको भनाई रहेको छ ।
कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो। संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।
No comments:
Post a Comment