Saturday, April 18, 2020

बुटवलमा कृयाशिल प्रतिपक्ष दलहरू बिच बैठक सम्पन्न

बुटवल ।  बुटवलमा कृयाशिल प्रतिपक्ष दलहरू बिच बैठक सम्पन्न भएको छ । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को बिषयकमा बसेको बैठकले छ बुंदे निर्णय प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।


प्रेस विज्ञप्ति 
अाज मिति २०७७ बैशाख ६ गते बुटवलमा क्रियाशील प्रतिपक्ष दलहरूको बैठक बस्यो । बैठक बस्दा लक डाउनको अवस्था र कोरोनाको संक्रमणलाई ध्यानमा राखी शारीरिक दुरी कायम गरियो । जसमा उपस्थिति यसप्रकार रहेको छ ।

१) खेलराज पाण्डेय - ने. का. नगर सभापति 
२) हरिसुन्दर बासी - नेमकिपा जिल्ला अध्यक्ष 
३) तुलसीराम शर्मा - राजमो- नगर अध्यक्ष 
४) थर्क बहादुर बाह्रघरे - राष्ट्रिय जनमुक्ति पार्टी - नगर अध्यक्ष 
५) निरज प्रताप खाँण - राप्रपा नगर अध्यक्ष 
६) राजेन्द्र अग्रहरी - राजपा - नगर संयोजक 
७) मान बहादुर कुवँर - नेकपा क्रान्तिकारी माअोवादी नगर- अध्यक्ष 
८) बामदेव भुसाल - समाजवादी पार्टी - नगर अध्यक्ष 
९) विमलराज भट्टराई - उपसभापति - नेका बुटवल 
१०) भरत पराजुली : नेकपा माले नगर अध्यक्ष 

निर्णयहरू :

१)  विश्वव्यापी महामारीको रूपमा फैलिएको नोभेल कोरोना भाइरसबाट बच्न लकडाउनलाई पूर्णरूपमा पालना गरौँ ,अाफू पनि बचौँ र अरूलाई पनि बचाअौँ ।
२)  बुटवल उपमहानगरपालिका भित्र राहत वितरण गर्दा व्यवस्थित र नियमित नभएको व्यापक जनगुनासो अाएको हुँदा ज्यालादारी काम गर्ने मजदुरहरू , न्यून अाय भएका विपन्न परिवारहरू र भाडामा बसेका विद्यार्थीहरू लगायत कोही पनि भोको नरहने गरी  बिना पूर्वाग्रह व्यवस्थित र नियमितरूपमा राहत वितरण गर्न माग गर्दछौँ ।
३) लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुहरूलाई व्यवस्थापन गर्न सरकारका सबै निकायहरूको भूमिका प्रभाकारी नदेखिएको हुँदा यात्रुहरूको खानपिनसहित उचित व्यवस्थापन गर्न माग गर्दछौँ ।
४) अाफ्नो देश प्रवेश गर्न लामो समयदेखि सिमानामा अाएर क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई स्वास्थ्य परीक्षण गरी अा-अाफ्नो गन्तव्यमा पुर्याउन माग गर्दछौँ । साथै सिमानामा अाएर अलपत्र परेका नेपालीहरूलाई नेपाल प्रवेश गराइ अावश्यक व्यवस्थापन गर्न जोडदार माग गर्दछौँ ।
५) कोरोना भाइरस नियन्त्रण जोखिम बढेको कारण लकडाउन अवधिभरि भारतीय कृषि उपज सामग्री अायत पूर्णरूपमा बन्द गर्न र स्वदेशी कृषि उपजको अावागमन सहज बनाउन माग गर्दछौँ ।
६) कोरोना भाइरस संक्रमणको विपत्तिमा परेकाहरूलाई राहत वितरण र सहयोग गर्नु भएका सामाजिक , व्यवसायिक संघसंस्था ,क्लब र व्यक्तिहरूप्रति बुटवलमा क्रियाशील प्रतिपक्ष राजनीतिक दलहरूको तर्फबाट हार्दिक अाभार र धन्यवाद ज्ञापन गर्दै अागामी दिनमा पनि थप सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौँ ।

1 comment:

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...