Monday, April 20, 2020

कपिलबस्तुको बोर्डगाउँ चोकमा पैदल यात्रीलाई खाजा

कमल चौधरी, कपिलबस्तु । बाणगंगा नगरपालिका–८ बोर्डगाउँ चोकमा पैदल यात्रा गर्ने यात्रीहरुलाई खाजाको व्यवस्था गरिएको छ । बाणगंगा नगरपालिकामा रहेका क्रियशिल संघ संस्थाहरुको अगुवाईमा बैशाख ५ गते शुक्रबार देखि लक डाउन नखुले सम्म पैदल यात्रीका लागी खाजाको व्यवस्था गर्ने सामाजिक अभियन्त तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो । 
पछिल्लो समय कोरोना (कोभिड १९) भाइरसको यो डरलाग्दो कहरको त्रासमा जनताले दुःख पाईरहेका छन् । भोक भोकै बस्नु पर्ने मात्र नभै भोकभोकै लामो दुरीको पैदल यात्रा गर्न समेत बाध्य भएका छन् ।
सरकारले लकडाउन गरेपछी विपन्न गरिव र श्रमिक मजदुरहरु समस्यामा परेका हुन् । यसरी दुःखमा परेर पैदल यात्रा गर्ने जो कोही मजदुरहरुलाई बाणगंगा नगरपालिका कपिलबस्तुका त्रियाशिल संघसंस्था, समाजसेवी, तथा बुद्धिजिवीहरुको पहलमा पैदल यात्रीहरुलाई खाजाको व्यवस्था गरिएको हो । 
सरकारले लक–डाउन घोषण गरेर जो जहाँ छ । त्यही सुरक्षित बस्नुपर्ने भने पनि मजदुरहरुलाई दैनिक खानाको व्यवस्थापन गर्न समस्या, परिवारिक, आर्थिक विभिन्न कारणले गर्दा भोकभोकै सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य भएका यात्रीहरुलाई कपिलबस्तुका स्थानिय नगरिक अगुवा, क्क्म्ऋ–पबउष्खिबकतग, भ्कमय ल्भउब िपबउष्खिबकतग, क्क्म्ँ र स्व.वि.यु. बाणगंगा बहुमुखी क्याम्पसको पहलमा पैदल यात्रा गर्ने यात्रीलाई खाजाको व्यवस्था गरेको हो ।
 यसरी लामो यात्रा भोक भोकै बस्नु पर्ने अबस्थमा श्रमिक मजुदर हरुले पैदल यात्रा बाटै घर फर्कनु पर्ने पिडा त छदै छ भने खाना कै अभावमा बिरानो सहरमा ति अपरचित देशका विभिन्न स्थानबाट यात्रा गर्ने यात्रुहरुलाई संस्थानिय संघ संस्थाहरुले पीडितहरुलाइ खाजाको व्यवस्था गरेर सनो सहयोग गरेका हुन् । हुन त लक–डाउनक भनेको जो जहाँ छ । त्यही बस्नुपर्ने हो । तर विविध समस्याको कारण बध्य भएर सयौं किलोमिटर पैदय यात्रा गरिरहेका श्रमिकहरु निश्तित गन्तव्य सम्म सकुसल पुगुन्, भन्ने हेतुले कपिलबस्तुको बोर्डगाउँ चोकमा महेन्द्र राजमार्ग हुदै पूर्व पश्चिम हिड्ने पदयात्रीहरुलाई खाजाको व्यवस्था गरेको स्थानिय बसिन्द एवम् व्यवसायी दिलु सुनारले जानकारी दिनुभयो । 
शुक्रबार देखि सुरुगरीएको पैदल यात्रीलाई खाजा सहयोग गर्ने अभियानमा बाणगंगा नगरपालिका वडा नं. ८ वडा अध्यक्ष गुणनिधी भुसाल, सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल, कपिलबस्तुका स्थानिय नगरिक अगुवा राविराज अचार्य, प्रेम नारायण पौडेल, दिवस घिमिरे, विष्णु भट्टराई, जगन्नाथ भण्डारी, बाबुराम भण्डारी, रामे कान्त घिमिरे, सुमन गेवाली, राजु पाण्डे, गोपाल अर्याल, बेल बहादुर चन्द, चेतनारायण भण्डारी, गिरिराज पौडेल, भिमलाल पाण्डे, दिलु सुनार, घनश्याम घिमिरे, सुर्य भण्डारी विष्णु खरेल, रेखा मल्ल इश्वरी पुरी लगायतको सहयोग रहेको थियो ।
 पद यात्रीलाई खाजा सहयोग अभियानमा हजुरहरु पनि हाम्रो यो सेवात्मक कार्यमा सहभागी र सहयोग गर्न सक्ने समाजिक अभियान्ता तथा  घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो । उहाँले तपाईँ हाम्रो सानो सहयोगले नै हामी नेपालीमा आत्मियता कायम हुन्छ र मानवीयता जिवित रहने भन्दै लकडाउन समय अवधिभर पदयात्रीरुलाई बोर्डगाउँ चोकमा भुजा, चाउचाउ, भेली र पानीको व्यवस्था हुने जनकारी समेत दिनुभयो । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...