धरान, सुनसरी । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी' को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले अमेरिका र युरोप महामारीबाट धेरै प्रभावित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरूप अधिकांश राष्ट्रहरुमा लकडाउन जारी गरेका छन भने आम सर्वसाधारणहरु घरभित्रै सीमित छन्। यसै सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीका सचिब बिष्णु थाम्देनले सरकारले पुन: जारी गरेको लकडाउनको अवधि थपिनु सान्दर्भिक रहेको बताएका छन । साथै यस्तो माहामारीमा नेपाल संग जोडीएका बिशेष गरेर भारत सङ्गको सिमाना अनिवार्य रूपमा सिल गर्नु पर्ने बताएका छन ।
थाम्देनले सोसल साइटमा लेखेका छन : कोरोना भाईरस (कोभिड-१९) को सङ्क्रमणको कारणले एकजना नागरिक पनि नगुमाउने देशको रूपमा हामीले परिचीत हुने अवस्था सृजना गर्नु पर्छ। र यस्तो परिस्थितीमा सरकारलाई पूर्ण रुपमा नागरिकले साथ दिनु पर्दछ । आज सम्म लगभग डेढ दर्जन भन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट पीडित छन, ति सबै सक्रमित ब्यक्तिहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेका छन ।
थाम्देनले विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले जारी गरेको लकडाउन कारणले दैनिक ज्याला-मजदुरी गर्दै आएका अति विपन्न परिवार भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै सहयोगमा जुट्न आग्रह गरेका छन । विश्व भरिनै महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) सक्रमणको जोखिमबाट बच्न सरकारले जारी गरेको लकडाउन को पूर्णरुपमा पालना गरौ, घरमा बसौ भनी अनुरोध गर्दै सर्वसाधारण नागरिकहरुलाई बेला बेलामा साबुन–पानीले हात धोईराखौ । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब नेता थाम्देनले दिएका छन । थाम्देनले आफु पनि बचौ, अरु लाई पनि बचाउ भन्दै सबै जनालाई घरमा बस्न आग्रह गरेका छन ।
No comments:
Post a Comment