तिलोत्तमा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न तमू ह्युल छोंज धीं तिलोत्तमा नगर समिति द्वारा स्थानिय सरकार तिलोत्तमाले आह्वान् गरेको "तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा" नगर अध्यक्ष नरजङ्ग गुरुङ्ग बाट रु.५१०००/- एकाउन्न हजार र नगर समितिबाट रु.३५५५५/- पैतिस हजार पाँच सय पच्पन्न नगद रकम नगर प्रमुख बासुदेब घिमिरेलाइ हस्तांन्तरण गरेको छ।
नगर प्रमुख घिमिरेलाई नगद रकम हस्तानरण गर्दै तमु ह्युला छोंज धिं का नगर अध्यक्ष नरजङ्ग गुरुङ्गले यस कोरोना भाईरसको कारणले तिलोत्तमा नगरपालिका भित्र बसोबास गर्दै दैनिक ज्याला-मजदुरी गर्दै आएका अति विपन्न परिवारलाई सरकारले जारी गरेको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै नगर अध्यक्ष नरजङ्ग गुरुङ्ग, उपाध्यक्ष आशा गुरुङ्ग, कोसाध्यक्ष दिलु गुरुङ्ग, सचिब चित्र गुरुङ्ग, संगठन सचिब नन्दा गुरुङ्ग सदस्य, आश बहादुर गुरुङ्ग, ईकाई समिती लोक बहादुर गुरुङ्ग लगायतका समितिका समाजसेविहरुको उपस्थितिमा सानो सहयोग हस्तान्तरण गरेको
कोसाध्यक्ष दिलु गुरुङ्गले बताए । साथै यस महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम को लागि सरकारले जारी गरेको लकडाउन को पूर्णरुपमा पालना गरौ, घरमा बसौ भनी अनुरोध गर्दै आम जनसमुदाहरुले बेला बेलामा साबुन–पानीले हात धोईराखौ । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब तमु ह्युला छोंज धिं , तिलोत्तमा नगर समितिको तर्फ देखी सुझाब सल्लाह पनि दिएका छन ।
No comments:
Post a Comment