नवलपरासी-१८ चैत्र । नवलपरासीको सरावल गाउँपालिकाका वडा नं. ४ का नेपाली काङ्ग्रेस सभापति जन्मेजय यादव तथा अनेरास्ववियु नवलपरासीका सदस्य समेत रहेका विद्यार्थी नेता सन्जय मौर्यद्वारा माक्स वितरण गरिएको छ। सरावल गाउँपालिकाका वडा नं. ४ नेपाली काङ्ग्रेस सभापति जन्मेजय यादवले जय बजरंगबलि ईट्टा उद्योगमा कार्यरत मजदुरहरुलाई तीन सय मास्क वितरण गर्नुभएको हाे ।
उहाँले लकडाउनका समयमा पनि कार्यरत मजदुरहरुको स्वास्थमा कुनै किसिमको समस्या नहोस् भनेर सहयोग गरेको जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित हुनका लागि नि:शुल्क रुपमा माक्स वितरण गरिएको बताउनुभयो । त्यस्तै सबै स्थानिय तह र व्यक्तिहरुले कोरोनाको संक्रमणबाट जनताहरुलाई विभिन्न सहयोग गरेका छन् । सोही कार्यलाई निरन्तरता दिँदै सरावलका एक विद्यार्थी नेताले पनि आफ्नो गाउँका विद्यार्थीहरुलाई माक्स वितरण गरेका छन् । अनेरास्ववियु नवलपरासीका कार्यालय सदस्य समेत रहेका विद्यार्थी नेता सन्जय मौर्यले सरावल-२ का १ सय २६ जना विद्यार्थीहरुलाई माक्स वितरण गरेका हुन् । उनले आपतको यो घडीमा सबैले आफु सक्दो सहयोग र सचेतनाका कार्यहरु गर्न जरुरी रहेको बताउँदै साना विद्यार्थीहरु प्रति कसैको ध्यान जान नसकेको भन्दै आफुले उक्त माक्स वितरण गरेको बताएका छन् । गाउँमा माक्स पनि नपाउने र पाएपनि अभिभावकहरु आफुले प्रयोग गर्ने गुनासो पोख्दै साना विद्यार्थीहरुलाई आफुले माक्स वितरण गरेको बताए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment