नवलपरासी-१८ चैत्र । पश्चिम नवलपरासीकाे प्रतापपुुुर गाउँपालिका वडा नं. ६ गुठिप्रसाैनीमा विश्वव्यापी महामारीकाे रुपमा फैलिदै गएकाे काेराेना भाईरसबाट बच्न र बचाउनकाे लागि बनाईएकाे क्वारेन्टाइन अव्यवस्थित र स्वास्थ्यकर्मी विहीन रहेकाे छ । जनजागृति माध्यमिक विद्यालय गुठिप्रसौनीमा बनाईएकाे उक्त क्वारेन्टाइनमा अहिले ४ जना भारतबाट अाएका नेपाली नागरिकहरु बस्दै अाएका छन् ।
विद्यालयकाे प्रा. वि. तह तर्फ रहेकाे पुरानाे काेठामा बेन्चहरु राखी अव्यवस्थित रुपमा तयार पारिएकाे क्वारेन्टाइनलाई व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई चेकजाँच तथा औषधी उपचारकाे नाममा त्यहाँ स्वास्थ्यकर्मी बिना नै त्यत्तिकै राखिएको छ । उता वडा नं. ६ का वडा अध्यक्ष रामहरि उपाध्यायले दिएकाे जानकारी अनुसार गाउँपालिकाले साधन स्राेतकाे व्यवस्थापन गरि क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने कुरामा जोड दिनु भयाे । उहाँले दिएकाे जानकारी अनुसार जिल्ला समन्वय समिति नवलपरासीकाे आज बैठक बस्ने भएकाेले थप व्यवस्थापन गर्नु पर्ने लगायतकाे निर्णय हुन सक्ने छ ।

No comments:
Post a Comment