नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले गरिबीका रेखामुनि रहेका जनतालाई सरकारले अबिलम्ब राहत दिन आग्रह गर्नु भएको छ । ज्यालादारी, असहाय, गरिबकाे रेखामुनि जाे रहेका छन्, जसलाई बिहान कमाएर साँझ एक छाक टार्नलाई धाैँधौँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज सरकारले पुर्याउन जरुरी रहेकाे उहाँले बताउनुभयो । उहाँले यस विपतकाे घडीमा हामी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको जिकिर गर्नुभयो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगायतकाे उपाय अपनाउन समेत आम जनसमुदायमा आग्रह गर्नु भएको हाे ।
नेपाल-भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विषम परिस्थितिमा सचेतना जगाउदै आफ्नो निर्वाचन क्षेत्र तथा नेपालका सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । आफु सुरक्षित रहे मात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन पुर्ब गृहराज्यमन्त्री तथा सांसद देबेन्द्रराज कण्डेलले आग्रह गर्नुभएको छ । आफनो एक महिनाको तलब नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध लड्न गठित केन्द्रीय राहत कोषमा दिइने जानकारी गराउदै काेराेना भाइरसको जोखिमबाट उच्च सतर्कता अपनाउदै स-परिवार (५ सदस्य) निजी निवास महेशपुर नवलपरासी मै सेल्फ क्वारेन्टाइनमा रहेकाे जानकारी गराउनुभएकाे छ ।
नवलपरासीको साताै स्थानीय तह क्वारेन्टाइन निर्माण गरिसकेको भए पनि कार्य चुनाैतिपुर्ण रहेकाे छ । किनभने क्वारेन्टाइन निर्माण गरेर मात्र भएन त्यहाँका प्राविधिक तथा डाक्टरकाे पनि उपस्थिति हुन पर्याे र डाक्टरलाई सुरक्षित गर्नकाे लागि सामाग्री उपलब्ध गराइ दिनपर्याे । डाक्टर सुरक्षित रहे मात्र उसले अरुलाई सुरक्षा प्रदान गर्छ तसर्थ : यस विषयमा केन्द्रीय सरकारले ध्यान दिइयोस् भन्ने आग्रह गर्नु भएको हाे । उहाँले स्थानीय नागरिकलाई सम्बाेधन गर्दै भन्नुभयो, ‘सरकारले नागरिकको सुरक्षाका लागि गरेको लकडाउनलाई पुर्णरुपले पालन गरौं, यदि हामी कोहि भारत लगायत अन्य देशबाट नेपाल आएका छौँ भने चेकजाँच गरेर होम क्वारेन्टाइनमा बसौँ, शंका लागेमा पृथ्वीचन्द्र अस्पतालमा जाऔँ, हामी पुर्ण अनुशासित भएर घरमै बस्यौँ भने काेरोना संक्रमणलाई परास्त गर्न सक्छौं ।’ ‘हामीले इटाली, स्पेन लगायतका देशमा लापरबाहीबाट भएको क्षति र चीनले आफुलाई नियन्त्रणमा राखेर कोरोना माथि गरेको विजयबाट सिकौं’ सांसद कण्डेलले भन्नुभयो ।
No comments:
Post a Comment