तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा-२ शंकरनगरस्थित शंकरनगर बहुमुखी क्याम्पसमा स्थापना गरिएको कोरोना क्वारेन्टाइन पोष्टमा जनउत्थान साकोसका कर्मचारीले सहयोग गरेका छन् ।
साकोसमा कार्यरत कर्मचारीहरुले एकदिन बराबरको तलब रकमबाट उक्त क्वारेन्टाइन पोष्टमा रहेका २८ जनालाई १४ हजार बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरी सहयोग गरिएको हो । सेनिटाइजर, हात धुने साबुन, ब्रस, टुथपेस्ट, लुगा धुने साबुन र स्याम्पु लगायतका १४ हजार बराबरको सामाग्रीहरु साकोसको पुर्व-सल्लाहकार तथा तिलोत्तमा नगरपालिकाको उप-प्रमुख जागेश्वरी चौधरीको रोहबरमा तिलोत्तमा २ का वडा अध्यक्ष दधिराम गौतमलाई हस्तान्तरण गरिएको साकोसका व्यवस्थापक रन बहादुर थापाले बताए । यसअघि सामाजिक दायित्व अन्तर्गत साकोसले तिलोत्तमा, सिद्धार्थनगर, सियारी, ओमसतिया गरी ४ स्थानीय निकायले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा ५०/५० हजारका दरले २ लाख सहयोग गरेको जानकारी दिए ।कार्यक्रममा तामनाथ पाण्डे, केशव भट्टराई, रामेश्वर ढकाल लगायतको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment