Tuesday, March 31, 2020

राहत वितरण गर्न विपन्न परिवारको लगत संकलन गर्दै ओमसतिया गाउँपालिका


भैरहवा ।
लकडाउनको समयावधि अझै एक साता लम्बिएको कारण दैनिक काम गरेर जीविको पार्जन गर्ने वर्गहरु मर्कामा पर्न थालेका छन् ।
दिनभरि काम गरेर साँझ एक छाक टार्ने परिवारहरु अहिले ठुलो चुनौतीको सामना गर्न बाध्य भएका छन् । लकडाउनका कारण भोकमरीको समस्या उत्पन्न हुन सक्ने भन्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले गरिब तथा अति विपन्न परिवारहरुको लगत संकलन सुरु गरेको छ ।
 आइतबार बसेको गाउँपालिका बैठकले दैनिक ज्याला मजदुरी गरेर एक छाक जोहो गर्ने गरिब तथा अति विपन्न परिवारहरुको लगत संकलन गरी चार दिनभित्र गाउँपालिकामा उपलब्ध गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन प्रत्येक वडाहरुले लगत संकलन कार्य सुरु गरिसकेको गाउँपालिकाले जनाएको छ । लगत संकलन भएसँगै राहत वितरण गरिने छ । साथै भारत तथा अन्य बाहिरी मुलुकबाट चैत्रको दुई सातामा गाउँपालिकाभित्र आएका १७ जनाहरुको खोजी गरी ज्वरो परिक्षण गरेर क्वारेन्टाइन बस्न आग्रह गरेको स्वास्थ्य संयोजक राम प्रसाद भट्टराईले बताए । 'हामी उनीहरुलाई क्वारेन्टाइनमा बस्न धेरै आग्रह गर्यौ तर कसैले पनि मानेनन् । नमाने पछि उनीहरुको सामान्य परिक्षण गरी घरमै क्वारेन्टाइन बस्न सुझायौ' भट्टराईले भने ।
गाउँपालिकाले १० शैयाको क्वारेन्टाइन निर्माण गरेपनि आई आर थर्मोमिटर लगायत स्वस्थ्य परिक्षणका आवश्यक सामाग्रीहरु उपलब्ध नरहेको बताए । उक्त सामाग्रीहरु उपलब्ध गराउन गाउँपालिकामा माग गरेको स्वास्थ्य संयोजक भट्टराईले जानकारी दिए । क्वारेन्टाइन निर्माण भएसँगै स्वास्थ्य संयोजक राम प्रसाद भट्टराई, सामुदायिक स्वास्थ्य इकाई प्रमुख रामप्रसाद ढकाल र स्वास्थ्यकर्मी दीपक ज्ञवाली सहितको टिम चौबिसै घण्टा खटिएका छन् ।


No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...