Friday, March 20, 2020

माथागढीमा मगर भाषा लेखन अभिमुखिकरण कार्यक्रम

माथागढी, पाल्पा ।  मगर भाषा ईतिहास लेखन अभिमुखिकरण कार्यक्रम माथागढी गाउँपालिका झडेवा पाल्पामा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर रहेका थिए । प्रमुख अतिथि थापाले मगर भाषाको लिपि अक्खारिका भएकोले निशङ्कोच रूपमा मगर समुदायले प्रयोग गर्नु पर्ने पताए । लिपि बिहिन मगरलाई एम. एस. थापाले गहिरो र कठोर अध्ययन गरेर लिपि पत्ता लगाई गुन लगाएको बताए । त्यस्तै गरि अर्का बक्ता भाषा अनुसन्धानदाता बिष्णु सिंजाली मगरले मगर भाषा, धर्म सँस्कारलाई समेट पाठ्यक्रम बनाउनु पर्ने बताए । त्यस्तै गरि मगर भाषा अभिमुखिकरण संयोजक सञ्जोग लाफा मगरले मगर जातीले डाँडाकाडाँ, खोला नाला सबै ठाउँको नाम मगर भाषामा राख्न सक्ने तर आफ्नो बालबच्चाको नाम राख्न अन्य जाति बाहुनलाई सोध्नुपर्ने कस्तो मानसिकता हो भनी प्रश्न गरे । अब हामीले मगरपनमा ध्यान दिई मगर भएकोमा गर्व गरि अघि बढ्नु पर्ने बताए ।

अर्का बक्ता मगरको पहिलो भाषाविद पूर्ण बहादुर रानाले संसारका कुनै पनि भाषा ठूलो सानो नभएको बताए । उनले भाषा देश विकासको बाधक नभई पाठ्यक्रम रहेको बताए । मगर वा जुनसुकै भाषामा पठन पाठन गरेपनि व्यावसायिक, व्यावहारिक, बैज्ञानिक र प्राविधिक शिक्षा दिनु पर्ने बताए । अर्काे प्रसङ्गमा रानाले आफ्नो भाषा, धर्म र सँस्कृति प्रति सचेत भएकोले नेपालभरिको सबै गाउँपालिका मध्य यस माथागढी गाउँपालिकामा अक्खा लिपि प्रयोग गरि साईनबोर्डमा राखेको बताए । राजनीतिक चुनाव जितेर बसेका गाउँपालिका अध्यक्षहरू धेरै हुँदा पनि भाषिक र साँस्कृतिक र जातिय चेतना नभएकोले अन्य मगर अध्यक्ष लगायत जनजातिहरूले आफ्नो गाउँपालिकामा स्थानिय अधिकार पाउँदा पनि भाषा र लिपि प्रयोग गर्न नसकेको बताए । पार्टीकै ह्विप अब मान्न नहुने र आफ्नो भाषिक अधिकार प्रयोग गर्नुपर्ने बताए । कार्यक्रम  आयोजना माथागढी गाउँपालिकाको आयोजना र भाषा विभाग नेपालको प्रायोजन गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...