बुटवल । दायित्वले प्रदेश नं. ५मा जनप्रशासन फेलोसिप कार्यक्रम,२०२०को औपचारिक रुपमा शुभारम्भ गरेको छ । यो फेलोसिप कार्यक्रमको मूल उद्देश्यभनेको सार्वजनिक सेवा प्रवाहमा यूवाहरुको सहभागिता गराउने, राष्ट्रसेवाको मूल्यमान्यता सिकाई र राष्ट्र सेवामा जाने सोंचको अभिवृद्धि तथा समाजमा यूवा बाटै राष्ट्र सेवाको गरिमा र महत्व प्रबद्र्धनमा भूमिका खेल्ने रहेको छ । प्रदेश नं. ५ का प्रमुख सचिव तोयनारायण ज्ञवालीज्युको प्रमुखआतिथ्यमा सामान्य कार्यक्रम सहित फेलोसिप कार्यक्रको औपचारिक शुभारम्भ गरियो । मेरो सरकार, मेरो दायित्वभन्ने मूल सन्देश सहित आयोजना गरिएको कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव राजेन्द्र थापा, प्रदेश नं. ५ अन्तर्गत्का मन्त्रालयका सचिवहरु तेज बहादुर सुवेदी (भूमि व्यवस्थापन, कृषितथा सहकारी मन्त्रालय), डा.राधावाग्ले (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), तुलसीपुर उपमहानगरपालिका सि.ई.ओ. कृष्णकान्त उपाध्याय लगायतले धारणा राखेका थिए । चयनभएका ९ जना फेलोहरुले करिब साढे तिन महिना विभिन्न मन्त्रालय तथा स्थानीय निकायहरुमा कार्य गर्नेछन् । प्रदेश नं. ५ का लागि छनौट भएका यूवा र कार्य गर्ने निकायहरुमा ः मोतिलाल यादव (सामाजिक विकास मन्त्रालय), हेमराज आचार्य (कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय), ज्योति सुनार (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), सुश्मिता कँुवर (प्रदेश योजना आयोग), अशोक भण्डारी (बुटवल उपमहानगरपालिका), देवी भण्डारी (तिलोत्तमा नगरपालिका), अभय भण्डारी (तुलसीपुर उप–महानगरपालिका), समिक्षा गुरुङ्ग (तानसेन नगरपालिका) र कलागिरी (बगनासकाली गाउँपालिका) रहेकाछन् ।
प्रदेश नं. ५ को मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संयोजन गरिएको शुभारम्भ कार्यक्रम, युवा आज परियोजनाका व्यवस्थापक सोनी के.सी.को स्वागत, दायित्वका अध्यक्ष डा. पुकार मल्लको अध्यक्षता र दायित्व प्रदेश ५ का संयोजक कमल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यही शुभारम्भको अवसर पारि छनौट भएका फेलोहरुलाई लक्षित गरी उत्प्रेरणाका लागि प्यानल विशेष उत्पे्ररणा सेसन होटल न्यू ईरामा आयोजना गरियो । सो प्यानल सेसन कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता अख्तियार दुरुपायोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ बुटवलआ का प्रमुख डा. भिष्मा कुमार भुसाल, सामाजिक अभियन्ता तथा नमूना एकिकृत परिषदका अध्यक्ष ज्ञानु पौडयलले युवाको सामाजिक दायित्व र सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत शारदा बश्याल (बेलबासे) ले राष्ट्र सेवाको महत्व माथि प्रकाश पार्नु भएको थियो ।
उत्प्रेरणा विशेष कार्यक्रम, युवाआज परियोजनाका व्यवस्थापक सोनी के.सी.को स्वागत, दायित्वका अध्यक्ष डा. पुकार मल्लको अध्यक्षता र दायित्वप्रदेश ५ का संयोजक कमल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment