Friday, March 20, 2020

भैरहवामा कोरोनाको चेकजाँच तथा स्वास्थ्य परिक्षण

भैरहवा । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना सम्बन्धी भैरहवामा चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ । मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको बुद्धचोक नजिकै रहेको संगम पेट्रोल पम्पको उत्तर तर्फ अस्थाई शिविर क्याम्प बनाएर चेक जाँच सुरु गरिएको हो । 
चैत्र मसान्तसम्म चल्ने उक्तमा शिविर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म स्वास्थ्य चेक जाँच कोरोना भाइरसबारे जनचेतना तथा वृद्धहरूलाई मास्क वितरण, सुगर परिक्षण र सेनिटाइजर हातमा लगाई अभियान सुरु गरिएको मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको सुगर तथा ज्वरो नापेर शिविरको औपचारिक शुरुवात भएको बास रुपन्देहीकी बिजया खत्रीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको कार्य सराहनीय रहेको बताउनुभयो । साथै उहाँले सम्पूर्ण आमनागरिकलाई यस भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...