काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीको स्थायी समितिको बिशेष बैठक काठमाण्डुमा सम्पन्न भएको छ । पार्टीको केन्द्रीय सचिवालय, चक्रपथमा चैत्र ५ र ६ गते पार्टी अदक्ष्य केपी पालुङ्गवाको अध्यक्षतामा बसेको बैठकले समसामयिक परिस्थिति बारे गम्भीरुपमा छलफल गर्दै बिभिन्न निर्णयहरू गरेको छ ।
बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोंना ( कोभिड-१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यसका विरुद्ध आवस्यक सचेतना तथा हातेमालोका लागि पार्टी सम्बद्ध जनशक्ति एवं स्वयंसेवक परिचालनको निर्णय गर्दै यसको लागि केन्द्रीय सचिवालय लाई जिम्मेवारी प्रदान गरिएको छ । कोरोंना विरुद्धको सचेतना अभियान अन्तर्गत पार्टीले मातहतका संगठन तथा भातृ संगठनहरुलाई आवस्यकता अनुसार परिचालन गर्ने, मास्क, साबुन, सेनिटाईजर बितरण गर्ने, संचार माध्यममा सचेतना जिङ्गल प्रसारण गर्ने, होल्डिंग बोर्ड राख्ने, आवस्यक तालीम दिई स्वयमसेवक खटाउने जस्ता कार्यमा सहयोग प“र्याउने छ। त्यस्का साथै, कोरोना महामारीको नाममा भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्नेहरू विरुद्ध पनि पार्टीले निगरानी बढ़ाउने भएको छ ।
बैठकले वैशाख ६-९ सम्ममा गर्ने भनि तय भएको पार्टीको छैठौ महाधिवेशन प्रतिनिधिम“लक रुपमा आगामी जेठ २५,२६ र २७ गते गर्ने निर्णय पनि गरेको छ। पार्टीको आन्तरिक तयारी र कोरोंना महामारीको सम्भावित जोखिमलाई ध्यानमा राखदै महाधिवेशनको नया मिति तय गरिएको पार्टी सचिवालयले बताएको छ ।
No comments:
Post a Comment