तनहुँ । राष्ट्रिय जनमुक्ति पार्टीले तनहुँको भिमाद र व्यास नगर समितिकाे अायाेजनामा एक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । छुट्टाछुट्टै नगरसमितिमा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमुक्ति पार्टी तमुवान-मगराँत(गण्डकी) प्रदेश समिति अध्यक्ष मन्धरि अालेकाे प्रमुख अातिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि मन्धरि अालेले राजनीतिक निकास र देश विकासकाे लागि मेरूदण्डकाे रूपमा बहुजातीय लाेकतान्त्रिक समाजवाद(Multiethnic Democratic Socialism) अपरिहार्य मार्ग भएकाे बताए । अालेले विश्वकाे बिभिन्न मूलकमा फैलिरहेकाे काेराेना भाईरस प्रति नेपाल सरकार सचेत र जिम्मेवार नभएकाे तर भ्रष्टाचार कसरी गर्ने त्यस तर्फ सचेत हुने गरेकाे बताए । काेराेना भाईरस एउटा माैसमि राेग भएकाे तर नेपालकाे नश्लवादिले गर्ने भ्रष्टाचार बार्हैमास देशलाई संङक्रमण गर्ने महामारि लाेभिपापि कुविचारकाे राेग भएकाे बताए । देशकाे कुल बजेटमा दस प्रतिशत बजेट मात्र देश विकासमा लगाएकाे तर नब्बे प्रतिशत बजेट भ्रष्टाचार भएकाे बताए । अब देश विकासकाे लागि र सबै पार्टीका नेता,कार्यकर्ता र नागरिक नैतिकवान, जिम्मेवार र जवाफदेहि बन्नु पर्ने बताए ।
दुबै ठाउँमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्णबहादुर रानाले देशकाे सबैखाले एकाधिकार र विभेद अन्त्यकाे लागि राज्यकाे हरेक निकायमा जातिय जनसंख्याको अाधारमा समानुपातिक प्रतिनिधित्वकाे सिद्धान्त लागू गर्नु पर्ने बताए । जातिय जनसंख्याकाे अाधारमा समानुपातिक प्रतिनिधित्व सबै जातिले जित्ने-जित्ने(Win-win) सिद्धान्त भएकाे बताए । रानाले देशकाे राजनीतिक न्यायकाे लागि जनमुक्ति विचारधारा व्यावहारिक रूपमै लागू गर्नु पर्ने बिषयक लाई बिशेष जोड दिएका थिए ।
भिमाद नगरसमितिका नगर अध्यक्ष झुल बहादुर थापाकाे सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि संघीय महासभा सदस्य क्या. खड्क बहादुर थापाले जनमुक्ति पार्टीको सिद्धान्त अकाट्य सिद्धान्त भएकाे बताए । कार्यक्रममा जनमुक्ति यूवा महासंघ महासचिव लाल बहादुर गाेतामे, राष्ट्रिय जनमुक्ति पार्टी तमुवान-मगरात(गण्डकी) पूर्व सैनिक प्रदेश समिति अध्यक्ष धन बहादुर गुरूङ, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति तनहुँका पूर्व सचिव झक सारू, व्यास नगर समितिका अध्यक्ष तिलाराम अालेकाे उपस्थिति रहेकाे थियाे । भने व्यास नगरसमितीको नगर अध्यक्ष तिल बहादुर अालेकाे सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथीहरु राष्ट्रिय महिला माेर्चा केन्द्रीय काेषाध्यक्ष मिना थापा (तमगप्र) सदस्य धनमाया राना, तनहुँ जिल्ला संगठन सचिव गंगा बहादुर राना, जिल्ला सदस्य चन्द्र बहादुर थापाकाे उपस्थिति रहेकाे थियाे

No comments:
Post a Comment