Tuesday, March 17, 2020

चोमोलुङमा बहुउद्देश्यीय सहकारी संस्था दर्ता प्रकृया पुरा

दिपक थापा मगर । तिलोत्तमा । सहकारी अभियान मार्फत श्रम, सीप र पूँजीको उचित व्यवस्थापनन गरी उत्पादन र रोजगारीमा बृद्धीका साथ आफ्नो सदस्यहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उदेश्य साथ  संचालित चोमोलुङमा बहुउद्देश्यीय सहकारी संस्था लि ले आधिकारिक दर्ता प्रकृया पुरा गरी संस्थालाई कृषी, पर्यटन र उर्जा जस्ता क्षेत्रको विकास र प्रबर्दन गर्ने अध्यक्ष बल बहादुर गुरुङले जानकारी गराउनु भएको छ । 

संस्थाकाको मासिक बैठकमा बोल्दै अध्यक्ष गुरुङ्गले २०७५ मा शुरुवात भएको संस्थाले आधिकारिक् दर्ता प्रमाण पत्र देखाउदै खुशी बाढेका थिए । मासिक बैठकमा संस्थाको प्रस्तावित नाम चोमोलुङमा बहुउद्देश्यीय सहकारी संस्था, लि. राखिएको  छ । सो कार्यक्रममा अतिथी चित्र प्रशाद गुरुङ्ग, हरी ओम बिके, गौमती पुन, झम बहादुर गुरुङ्ग, छत्र दर्लामी लगायत बक्ताले संस्था को प्रगतिको बारे मा बोलेका थिए । संस्थालाई सबैको सकृयातामा हातेमालो गरि अगाडी बढाउनु पर्ने जोड दिएका थिए । साथै कृषि,पशुपालन,व्यावसाय तथा उद्योग धन्दा जस्तो क्षेत्रमा लगानी गरि हाम्रा बेरोजगार युवा हरुलाई स्वोरोजगार प्रदान गरि राष्ट्र को विकास को लागि अगाडी बढ्नु पर्छ भन्दै बधाई तथा शुभकामना उपस्थिती बक्ताले दिएका थिए ।

सास्थाको आफ्नै प्रगाणमा भएको कार्यक्रमको अध्यक्षता बल बहादुर गुरुङ्गले गर्नु भएको थियो । संस्थाको तर्फ देखी उपस्थितिहरुलाई लिलमाया रानाले  स्वागत मन्तब्य राख्नु भएको थियो भने संचालन संस्थाका सचिब गिरी प्रषाद रानाले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...