Tuesday, March 17, 2020

उमेश राई नेपाल च्याम्पियन

धरानः धरानमा शनिवार भएको तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठन प्रतियोगितमा नेपाल च्याम्पियनको उपाधी ग्लालेक्सी फिट्नेसका शारिरिक सुगठक खेलाडी उमेश राईले चुमेका छन् । प्रतियोगितामा ७५ प्लस केजी तौल समुहमा पहिलो बन्दै उनले ओभरअल बाट उपाधी हासिल गरेका हुन् । उपाधी संगै उनले २ लाख ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । राईले उपाधि हासिल गरेर संगै ग्यालेक्सी फिट्नेसले राष्ट्रिय शारिरिक सुगठन विजेताको उपाधिमा ह्याटट्रिक गरेको छ । यस अघि २०७४ सालमा भएको पहिलो संस्करणमा ग्यालेक्सीका रामबहादुर दाहालले उपाधि चुमेका थिए । २०७५ को दोश्रो संस्करणमा ग्यालेक्सीकै ललित धामीले उपाधी चुमेका थिए ।
तस्विरः विकास चाम्लिङ राइ

एलाइनेट जिम धरानको आयोजनमा भएको प्रतियोगितामा फिट्नेस दाङ, रूपनदेहीका कृष्णप्रसाद श्रेष्ठ दोश्रो भए । ७५ किलो ताल समुहमा प्रथम रहेका श्रेष्ठले १ लाख नगद पुरस्कार प्राप्त गरे । ७० किलो तौल समुहमा पहिलो बनेका बलभैरव जिम ललितपुरका विनोद सुनारले तेश्रो स्थानमा रहे । उनलाई ५० हजार नगद पुरस्कार प्रदान गरियो । ६५ केजीबाट फिनिक्स फिटशालाका मनोज सुवेदी चाथौ भए । उनले ४० हजार, ५५ केजीबाट ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पा“चौ स्थानमा रही ३० हजार रुपया र ६० केजीबाट एरो फिट्नेस, दमकका मदनकुमार योङहाङ छैठा स्थानमा रही २५ हजार नगद पुरस्कार हात पारे ।

व्यक्तिगत पुरस्काहरुमा मस्ट इम्प्रुभिङ खेलाडीको टाइटल ५५ केजीका प्रविण श्रेष्ठले हात पार्दै नगद ५ हजार सहित ट्रफी जिते । प्रतियोगितामा बेस्ट पोजर ६५ केजीका बिजेन्द्रमान श्रेष्ठ, ७५ प्लस केजीमा सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डरको उपाधि हात पारे । ७५ केजीमा सबै भन्दा कम उमेर १७ वर्षका विशाल पाण्डेललाई प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरियो । धरान शभागृहमा आयोजित प्रतियोगीताको समापनमा विजेताहरू लाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुपका प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको मुख्य निर्णायकमा शिवलाल श्रेष्ठ थिए । निर्णायकहरूमा अजय बज्रचार्य, राजेन्द्र तुलाधर, राजभगत प्रधानाङ्ग, रोशन महर्जन, हरी धिमाल, शिजार राजभण्डारी, शिव मुखिया र कबिर भगत प्रधानाङ्ग गरी ९ जना थिए । नेपाल च्याम्पियनको उपाधी विजेता उमेश राईले यसअघि २०७३ सालमा भएको १४ औ मिष्टर धर्मश्रीको ओभरअलमा तेश्रो स्थान हासिल गरेका थिए । २०७५ सालममा उनले काठमाण्डूमा भएको मिष्टर. एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा विजेता बनेका थिए । २०७६ सालमा काठमाण्डूमा भएको मिष्टर हिमालय र २०१८ मा कुवेत क्लासिकको समेत उपाधी हासिल गरेका थिए ।

दोश्रो स्थान हासिल गरेको कृष्णप्रसाद श्रेष्ठले यस अघि २०७५ सालमा पोखरामा भएको मिष्टर माछापुच्छ्र्रे र २०७६ सालमा भएको बुटवल श्रीको उपाधी जितेका थिए । यसै विच पुरस्कार वितरण समारोहका विच धरानका चारजनाले शारिरीक सुगठनको राष्ट्रिय निर्णायकको इजाजत पत्र पाएका छन । आईएफबिबीको निर्णायक इजाजतपत्र पाउनेमा रणबहादुर थेबे, पूर्ण तामाङ, केशव कपाली र शिता श्रेष्ठ रहेका छन् ।

समारोहमा तेश्रो नेपाल च्याम्पियनमा सहयोग गर्ने ९ जना व्यक्तित्वहरू लाई सम्मान गरीएको छ । सम्मानित हुनेमा सिंगक समाज हङकङका अध्यक्ष नानीचन्द्र सिंगक, जलजले तेह्रथुमका मिनादेवी सिंगक, आईएफबिबीका अन्तराष्ट्रिय निर्णायक अजय बज्राचार्य, शारिरीक सुगठनका राष्ट्रिय निर्णायक रणबहादुर थेबे र केशव कपाली, मिष्टर धरान २०६८ दिनेश सिंगक, पाङमा समाज ताप्लेजुङका महासचिव मिलन पाङमा, फुटबलका राष्ट्रिय खेलाडी केन्द्र लिम्बु र छत्र लिम्बु छन् । उनिहरूलाई ताम्रापत्र र खदाले सम्मान गरीएको थियो । मर्निङ्कटाईम्स 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...