तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमा भन्ने नारा साकार पार्न अहिले विभिन्न संघसंस्थाहरु लागिपरेका छन् । यसै अभियानलाई साकार पार्न तिलोत्तमा—७ भलवारीस्थित लुम्बिनी इन्जिनियरिंग कलेज पनि लागि परेको छ ।
कलेजले एक कार्यक्रम आयोजना गरी वडा नम्बर ७ को कार्यालय र मनकामना टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ । तिलोत्तमा नगरपालिकाले युद्ध स्थरमा संचालन गरेको क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमा नाराका साथ पोलिथिन मुक्त नगर कार्यक्रम अन्तर्गत कलेजले आफ्नो नगर, वडा र टोल विकास संस्थालाई सरसफाई र पोलिथिनमुक्त राख्ने उद्धेश्यले डस्टबिन वितरण गरेको कलेजका निर्देशक तुलसी प्रसाद सापकोटाले बताउनु भयो । साथै वडा तथा टोल निवासीहरुमा आपसी माया र सद्भाव कायम गर्न पनि यस कार्यले महत्वपुर्ण भूमिका खेल्ने उहाँले भनाइ छ । त्यस्तै सिङ्गो तिलोत्तमा नगरलाई शुन्य पोलिथिनयुक्त र पुर्ण सरसफाईयुक्त नगर बनाउन सरकारी तथा गैरसरकारी सबै संघसंस्थाहरुले आ—आफ्नो तहबाट सक्दो भूमिका खेल्नुपर्ने उप—निर्देशक नारायण प्रसाद ढकालले बताउनुभयो ।
“नगरपालिकाले शुन्य पोलिथिनयुक्त नगर घोषणा गरिसकेपनि त्यसको पुर्ण कार्यान्वयनका लागि जबसम्म सबै नगरवासी तथा संघसंस्थाहरु लागि पर्दैनन् तबसम्म पुर्ण कार्यान्वयन हुन सक्दैन” कलेजका प्रिन्सिपल शिवराज बरालले भन्नुभयो । लुम्बिनी इन्जिनियरिंग कलेजले तिलोत्तमा—७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डे, मनकामना टोल विकास संस्थाका अध्यक्ष गणेश प्रसादलाई १० थान डस्टबिन हस्तान्तरण गरेको थियो । कार्यक्रम तिलोत्तमा—७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेको प्रमुख अतिथ्यता र सहायक प्रिन्सिपल नारायण ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


No comments:
Post a Comment