सोही बिषयकलाई लिएर राष्ट्रिय जनमुक्ति पार्टी, तिलोत्तमा नगरसमितीका अध्यक्ष भोम बुढा मगरको नेत्रुत्वमा तिलोत्तमा नगर प्रमुख बासुदेब घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उल्लेख क, संस्थाको छैठौ अधिबेशनक लागि निर्वाचन मण्डलको गठन बिधिसम्मत ढङ्गले कार्य समितिद्वारा नै गरियोस । ख , निर्वाचन मण्डल गठन गर्ने जिम्मा दुई दल नेपाल कमिनिस्ट पार्टी र नेपाली काङ्र्स लाई मात्रा किन ? दिने भनी आमुर्त निर्णय तुरुन्त सच्चाइयोस भनी संस्थाको कार्यसमिती सहित सम्बद्ध सबैको गम्ब्भिर ध्यानकसर्ण गराउन गराएका छ ।
नगर प्रमुख घिमिरेले ज्ञापन पत्र ग्रहण गर्दै सो बिषयमा योगिकुटी स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लाई तत्काल पत्रचार गरी समस्या समाधान गर्ने आश्वासन दिएका छन । जनमुक्ति पार्टीले उठाएको जायज माग छन, जायज माग प्रती तिलोत्तमा नगर सदैब साकारत्मक रहेको मेयरले बताएका छन ।
ज्ञापन पत्र बुझाउन पार्टीका संघीय परिषद सदस्य गिता सारु,प्रदेश समितिका उपाध्यक्ष हरीओम बिक,सो पार्टीका तिलोत्तमा नगर समितिका सल्लाहकार राजु राना लगायत स्थानिय तिलोत्तमाका नेताहरुको उपस्थिती रहेको थियो । बिधी बिधान बिपरितको निर्णय नसच्याए पार्टीले आन्दोलनलाई थप चर्काउने नगर प्रमुखलाई पनि जनाएका थिए ।

No comments:
Post a Comment