Sunday, March 15, 2020

तनहुँको भिमादमा प्रशिक्षण कार्यक्रम सम्पन्न

तनहुँ । राष्ट्रिय जनमुक्ति पार्टी भिमाद नगरपालिकाकाे अायाेजनामा एक दिने प्रशिक्षण कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय जनमुक्ति पार्टी तमुवान-मगराँत अध्यक्ष मन्धरि अालेकाे प्रमुख अातिथ्यता र नगर अध्यक्ष झुल बहादुर थापाकाे सभाध्यक्षतामा सम्पन्न भएकाे छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि मन्धरि अालेले विश्वकाे बिभिन्न मूलकमा फैलिरहेकाे काेराेना भाईरस प्रति नेपाल सरकार सचेत र जिम्मेवार नभएकाे तर भ्रष्टाचार कसरी गर्ने त्यस तर्फ सचेत हुने गरेकाे बताए । काेराेना भाईरस एउटा माैसमि राेग भएकाे तर नेपालकाे नश्लवादि भ्रष्टाचार बार्हैमास देशलाई संङक्रमण गर्ने महामारि कुविचार भएकाे बताए । देशकाे कुल बजेटमा दस प्रतिशत बजेट मात्र देश विकासमा लगाएकाे तर नब्बे प्रतिशत बजेट भ्रष्टाचार भएकाे बताए । अब देश विकासकाे लागि र सबै पार्टीका नेता,कार्यकर्ता र नागरिक नैतिकवान, जिम्मेवार र जवाफदेहि बन्नु पर्ने बताए ।

प्रमुख प्रशिक्षक नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्णबहादुर रानाले देशकाे सबैखाले एकाधिकार र विभेद अन्त्यकाे लागि राज्यकाे हरेक निकायमा जातिय जनसंख्याको अाधारमा समानुपातिक प्रतिनिधित्वकाे सिद्धान्त लागू गर्नु पर्ने बताए । जातिय जनसंख्याकाे अाधारमा समानुपातिक प्रतिनिधित्व सबै जातिले जित्ने-जित्ने(Win-win) सिद्धान्त भएकाे बताए । विशिष्ट अतिथि संघीय महासभा सदस्य क्या. खड्क बहादुर थापाले जनमुक्ति पार्टीको सिद्धान्त अकाट्य सिद्धान्त भएकाे बताए । कार्यक्रममा जनमुक्ति यूवा महासंघ महासचिव लाल बहादुर गाेतामे, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति तनहुँका पूर्व सचिव झक सारू, व्यास नगर समितिका अध्यक्ष तिलाराम अालेकाे उपस्थिति रहेकाे थियाे ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...