बुटवल । बुटवलमा लैंगिक तथा सेफगार्ड सम्पर्क व्यक्तिहरुको लागि रेड प्लस प्रशिक्षाक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय काठमाडाको आयोजना एवं प्राक्टिकल सोल्लुसन कन्सल्टेन्सी नेपाल काठमाडाको प्राविधिक सहयोगमा भएको सात दिने रेड प्लस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । चैत्र २ गतेबाट सुरु भएको उक्त प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाती महासंघ, रुपन्देही आदिवासी जनजाति महिला महासंघ, दलित गैर सरकारी संस्था महासंघ, सामुदायिक बन, निजीबन , साझेदारी वन लगायत रुपन्देही, कपिलवस्तु, नवलपरासी तीन जिल्लाबाट अध्यक्ष र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तनको असरबाट बच्ने उपाय र वन संरक्षण गरेवापत अतिरिक्त भुक्तानी पाउने कार्यक्रम अन्तर्गत रेड प्लस अवधारणाबारे जानकारी गराउने उद्यश्यले प्रशिक्षण कार्यक्रम गरिएको थियो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मौषम र जलवायु परिवर्तनका बारेमा नेपाल साथै विश्वभर रेड प्लसली अनुसन्धान गर्दै जलवायु परिवर्तनले पृथ्वी र मानव जीवनमा पारेका असरहरुको बारेमा प्रशिक्षण गराउदै आएको छ । सहभागीहरुलाई प्रशिक्षक वासना सापकोटा, डा एक राना र रेड कार्यन्वयन केन्द्रका सचिव यज्ञमुर्ति खनाल द्वारा बिशेष प्रशिक्षणमा जलवायु परिवर्तनको असरबाट बच्ने उपाय र वन संरक्षण बिषयकमा प्रस्टाएका थिए । बुटवल स्थित होटल इरामा चलिरहेको कार्यक्रम शनिबार समापन हुने सहभागी आदिबासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले बताए ।
No comments:
Post a Comment