Friday, March 20, 2020

कोरोना कोभिड १९ बाट बच्न राष्ट्रिय जनमुक्ति पार्टी सहित आठ दलले गरे अपिल

रुपन्देही । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालभित्र अनावश्यक रूपमा यसको त्रास नमान्न साथै आवश्यक सावधानी अपनाउन आग्रह गर्दै बुटवल उपमहानगरपालिकामा कृयाशिल राजनीतिक दलहरुले प्रेस बिज्ञप्ती जारी गरेकाछन । नगरका आठ कृयाशिलदलहरु बिच भएको छलफलले हालै विश्वाभरी फैलिएको कोरोना संक्रमण फैलन नदिन आवश्यक सावधानी अपनाउन र अनावश्यक त्रास नफैलाउन नौ बुंदे बिज्ञप्ती जारी गर्दै सम्बन्धित निकाय र आम जनसमुदायहरुमा अपिल गरेका छन ।

प्रेस बिज्ञप्ती 

२०७६ चैत्र ७

अहिलेको विश्व समुदाय कोभिड १९ को महामारीबाट अक्रान्त बनेको छ । यो समस्या प्रति बुटवलमा कृयाशिल तपशिलमा रहेका राजनैतिक दलहरुको ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ । तसर्थ आम नागरिक सरोकारवाला निकाय समस्याको गम्भीरता महशुस गरि आबश्यक कदम अबलम्बन गर्न अपिल गर्दछौ ।

१. कोभिड १९ को संक्रमणको रोकथामका लागि आबश्यक कदम चाल्न स्थानिय तह प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराउदछौ ।
२. सबै नाकाहरुमा खुला सिमानाका कारण आवत जावत ब्यबस्थित र चेक जाँच ब्यबहारिक हुन सकेको छैन तसर्थ नाकामा आवात जावतको अभिलेख राख्ने र स्वास्थ्य चेकजाच लाई कडाईका रुपमा लागू गर्ने काम गरियोस ।
३. उपचारका लागि सरकारी सामुदायिक र निजि क्षेत्रका अस्पतालहरु तथा क्लिनिकहरुमा निशुल्क चेकजाँचको ब्यबस्था गरियोस ।
४. भिडभाडलाई निरुत्साहित गर्न अपिल गर्दछौ । 
५. सबैमा जनसमुदायलाई समस्या प्रति सजग रहन र त्रसित नहुन अपिल गर्दछौ ।
६. आम संचार माध्यम तथा सामाजिक संजालहरुलाई संक्रमणको कारण र निराकरणका त्रास सृजना नगर्न अपिल गर्दछौ ।
७. स्वास्थ्य संस्था र स्वास्थकर्मीहरुलाई सुरुक्षाका उपाय अबलम्बन गर्दै रोकथाम र उपचारकालागि जवाफ देहि हुन अपिल गर्दछौ ।
८.  संक्रमणका कारण मुलुक आक्रान्त भएको मौका छोपी कृतिम अभाब सृजना गर्ने कालो बजारी गर्ने जस्ता अमानबिय तथा गैर व्यावसायिक कार्य नगर्न अपिल गर्दछौ । साथै यस्तो अबस्थामा देखा परेमा कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पक्ष संग माग गर्दछौ ।
९. आम जनसमुदायलाई संक्रमण प्रती गम्भीर रुपमा सचेत रहन र स्वास्थ्य सम्बन्धी सुरक्षाका सम्पुर्ण उपायहरु अबलम्बन गर्नका लागि हार्दिक अनुरोध गर्दछौ ।

१. नेपाली काङ्ग्रेस ( सभापती खिलराज पाण्डेय

२. राष्ट्रिय जनमुक्ति पार्टी ( अध्यक्ष थर्क बार्हघरे

३. राप्रपा ( अध्यक्ष निरज प्रताप खाण

४. राजमो ( अध्यक्ष तुलसी राम शर्मा

५. नेमकिपा ( अध्यक्ष हरि सुन्दर बासी

६. नेकपा –क्रा.मा.) इन्चार्ज मान बहादुर कुंवर

७. राजपा( संयोजक राजेन्द्र अग्रहरी ।

८. समाजबादी पार्टी( अध्यक्ष वामदेब भुसाल

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...